अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा सरकारी हस्तक्षेप, नेकपाका नेता-कार्यकर्ता  गिरफ्तार

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको स्थानमा हस्तक्षेप गरी नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता-कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

 गिरफ्तार पर्नेहरुमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका उपाध्यक्ष रामकुमार अधिकारी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का नवीन बिष्ट लगायत ६ जना रहेका छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा शुक्रबार मध्याह्न आयोजना गरेको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अतिथिका रुपमा सहभागी हुँदै गर्दा प्रहरीले नेकपाका नेता उत्तम, नवीन बिष्टलगायतलाई गिरफ्तार गरेको हो ।

सरकारले संविधानप्रदत्त खुला कार्यक्रम गर्न र सहभागी हुन पाउने अधिकारबाट समेत नागरिकलाई वञ्चित गरेको भन्दै नेकपाले विरोध गरेको छ ।  

 २०७५  फागुन २४ गते शुक्रबार  प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :