कर्णालीमा नेकपाको अभियान

 
कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कर्णालीमा पनि भव्य तथा सानदार रूपमा सञ्चालन भइरहेको अभियात्रीहरुले बताएका छन् । कालीकोट, अछाम, दैलेख, सल्यान, रुकुम, दाङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा अभियान घनीभूत बनिरहेको नेकपाले जनाएको छ ।

अभियान टोलीले कालीकोटमा मात्र एक सयभन्दा बढी सङ्गठन निर्माण गरेको नेकपा कालीकोटले जनाएको छ । अभियान टोलीले जिल्लाका हरेक गाउँगाउँ पुगेर व्यापक छलफल र भेटघाट गरिरहेको जानकारी जिल्ला सेक्रेटरी रणदीप ऐडीले दिएका छन् ।

२०७५ फागुन २० गते साेमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :