नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको चेतावनी

अर्घाखाची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले एक प्रेस विज्ञप्ति जारी गदै विकास निर्माणका काममा एकलौटी गरे पाटी प्रतिरोधमा जाने बताएको छ । नेकपाका अर्घाखाँची इन्चार्ज कमल केसी, जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेलले शनिबार संयुक्त जारी गरेको विज्ञप्तिमार्फत उक्त कुरा बताएका हुन् ।

उनीहरुले देशमा २ सत्ता विगतदेखि रहेको बताउँदै आफ्नो स्थानीय सरकारको सहकार्य अनुमति बिना कुनै पनि ठेक्का पट्टा विकासे काम गरे जनताको सत्ताले कारबाही समेत गर्ने बताएका छन् ।

उक्त विषयलाई थप प्रश्ट पार्दै नेताहरुले विज्ञप्तिमा भनेका छन् , ‘विकास निर्माणको काममा आफुहरुसँग सहकार्य गर्नुको विकल्प नरहेको, आफुहरुले विगत लामो समयदेखि जनताको सत्ताको निर्माणको सघर्षरत रहेको छ ।’

२०७५ फागुन १९ गते आइतबार  प्रकािशत

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :