कोशी क्षेत्रमा प्रहरी अपरेसन र ज्यादती नरोकिए गृहयुद्ध भड्किन सक्छ – अनिल विरही

काठमाडौँ : ओली–प्रचण्ड नेतृत्वको सरकारले १ नम्बर प्रदेशको कोशी क्षेत्रका पहाडी क्षेत्रहरूमा ब्यापक अपरेसन चलाइरहेको छ । केन्द्र र प्रदेश सरकारको प्रत्यक्ष नेतृत्वमा अपरेसन भइरहेको र जिल्लाको जनपथ प्रहरीलाई सूचना समेत नगरी अपरेसन भइरहेको नाम उल्लेख नगर्ने सर्तमा सो जानकारी तेह्रथुमका एक प्रहरी अधिकारीले बताएका छन् ।

उत्तरी मोरङ केराबारीका खोलागाउँ, रामपुर, सिंहदेवी गाउँहरूमा खानतलासी, घरघरमा तोडफोड गरिरहेको छ । तेह्रथुम सदरमुकाम म्याङ्लुङ गएको सशस्त्र प्रहरीको टोली छथर गाउँपालिका, ओख्रेको विद्यालयमा १ हप्तादेखि शिविर बनाएर बसेको कारण विद्यार्थीको अध्यन–अध्यापन रोकिएको स्थानीयले गुनासो गरेका छन् । ओख्रेमा रहेको सशस्त्र प्रहरीले फागुन १४ गते सोही गाउँबाट पहल राउतलाई गिरफ्तार गरेको थियो । उनी सामना परिवारका कलाकार हुन् । फागुन १५ गते केराबारी प्रहरीले देवबहादुर लिम्बू ‘संगीत’ लाई गिरफ्तार गरेको छ । केराबारी गापालामिटारको छघरेबाट सलकपुरको सशस्त्र प्रहरीको टोली जंगल पसेको छ । उनीहरू कता गए, स्थानीयले थाहा नभएको बताएका छन् ।

कोशीमा सशस्त्रका ३ वटा टोलीले २५ र २५ जनाको अपरेसन चलाइरहेको छ । नेकपाका पुूर्वी कमान्ड इन्चार्ज अनिल ‘विरही’ ले “प्रहरी अपरेसन र ज्यादती नरोकिए त्यसको प्रतिकार गरिने र त्यसले देशलाई गृहयुद्धतिर धकेल्न सक्ने’’ चेतावनी दिएका छन् ।

२०७५ फागुन १९ गते आइतबार  प्रकािशत

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :