सिन्धुपाल्चोकमा नेकपाको अभियान टोली गिरफ्तार


काठमाडौँ : सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा रहेको नेकपाको अभियान टोलीलाई प्रहरीले सिन्धुपाल्चोकबाट गिरफ्तार गरेको छ ।

राजनैतिक अभियान लिएर गाउँगाउँ पुगेका नेकपाका १७ जना नेता-कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट गिरफ्तार गरेको हो ।

अभियान टोली बसेको स्थानलाई घेरा हाली शुक्रबार राती गिरफ्तार गरिएको नेकपाले जनाएको छ । राजनैतिक अभियानमा हिडिरहेका अभियान टोलीलाई पक्राउ गर्नुको कारण केही नभएपनि माथिको आदेश भएको कारण पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, समीर तामाङ लगायत रहेका छन् ।

राजनैतिक गतिविधिमा लागेका आफ्नो पार्टीका नेता-कार्यकर्ताहरुलाई पक्राउ गरेर सरकार युद्ध चाहेको भन्दै नेकपाले गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता-कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :