नेकपाका नेता-कार्यकर्ताको घरघरमा छापामार्दै पुलिस प्रशासन

काठमाडौँ : आइतबार ललितपुरस्थित एनसेलको केन्द्रीय कार्यालयमा भएको घटनालाई लिएर सरकारले उपत्यकामा रातविरात छापामार्ने, अनावश्यक धरपकड गरी आतङ्क मच्चाउने काम गरेको छ ।

सरकारी आतङ्कप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । केन्द्रीय सदस्य उत्तमको घरमा दुईपटक छापामारिएको छ भने ललितपुर जिल्ला सेक्रटरी विपीनको घरमा पनि छापामारिएको छ ।

अन्य शुभचिन्तक तथा सर्वसाधारणको घरमा पनि सरकारले छापामारेर आतङ्क मच्चाएको छ । सरकारले बिनाकारण गरेको यस्तो हर्कत रोक्न नेकपाले विशेष आग्रह पनि गरेको छ । यस्तो हर्कत नरोकिएमा कडाभन्दा कडा प्रतिरोध गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।

२०७५ फागुन १६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :