हेलिकप्टर दुर्घटना परि पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यू

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको हेलिकप्टर दुर्घटना हुँदा मृत्यू भएको छ । दुर्घटना परि मृत्यू हुनेहरुमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङ, प्रभाकर केसीको मृत्यू भएको बताइएको छ।

  काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको थियाे । पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै केही समय अगाडी  दुर्घटनामा परेको  थियाे ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोनका लागि त्यतर्फ गएको बताइएको छ । दुर्घटनामा परेको स्थानमा धुवाँको मुस्लो आइरहेको समाचार छ ।

२०७५ फागुन १५ गते बुधबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :