राज बन्दीहरू सम्मानित

IMG_20170611_111802

आस्था/पोखरा: जेठ २८, नेकपा कास्कीद्वारा गिराफ्तार कार्यकर्तालाई आज सम्मान गरिएको छ । स्थानिय चुनाव खारेजी अभियानमा लागेका नेता कार्यकर्तालाई प्रहरीले देश ब्यापीरुपमा गिराफ्तार गरेको थियो । गिराफ्तार नेता–कार्यकर्तालाई रिहा गरेको आज चार दिनमा सम्मान गरेको छ । उक्त कार्यक्रमकाे सभाध्यक्ष कास्की जिल्ला इन्चार्ज रुपेश कुमाल, प्रमुख अतिथि गण्डक ब्यूरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’, अतिथिमा कपिल भट्ट थिए । मिलन राई, राजकुमार सुनार, प्रवल भण्डारी, टिकाराम घिमिरे, शिव क्षेत्री, सुनिल कुमाललगायतका गिराफ्तार भएका कार्यकर्ताले कार्यक्रमा हिरासतमा रहँदाको आफ्नो अनुभव मन्तब्य राखेका थिए । साथै कार्यक्रममा कास्की जिल्ला इन्चार्ज रुपेश र गण्डक ब्यूरो इन्चार्ज सावित्रा दुराले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रम संचालन किसान सिंह तमुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :