नेता रिहा भएपछि भव्य अभिनन्दन

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित चारजना नेतालाई बुधबार नेकपाले अभिनन्दन गरेको छ । नेकपा अर्घाखाँची–गुल्मी अभियान प्रमुख रहेका नेकपा केन्द्रीय सदस्य सन्देश पौडेलले रिहा भएका नेताहरूलाई अबिर लगाएर अभिनन्दन गरेका हुन् । अभिनन्दित हुनेमा नेकपा गुल्मी जिल्ला इन्चार्ज सिंह, सोही जिल्लाका सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला जनसरकार प्रमुख पिताम्बर पोख्रेल र कपिलवस्तु जिल्ला सदस्य टुपलाल पुन छन् ।
सङ्गठन सुदृढ र विस्तार अभियान २ मा सहभागी नेकपाका नेताहरूलाई अर्घाखाँची छत्रदेव गाउँपालिका मणेचौरमा कार्यक्रम गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो । आफ्ना गिरफ्तार नेताहरूलाई बिनासर्त रिहाइको माग गर्दै लुम्बिनी बन्दको आह्वान गरेको अघिल्लो दिन मङ्गलबार साँझ नेकपाका नेताहरू धरौटीमा रिहा भएका थिए ।

२०७५ फागुन ८ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :