जनकपुरमा अभियानको आवधिक समीक्षा सम्पन्न

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीद्वारा माघ १ गतेदेखि देशव्यापी सञ्चालित ुसङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ु जनकपुर ब्युरोको एकमहिने आवधिक सिंहावलोकन (समीक्षा कार्यक्रमं सम्पन्न भएको छ । फागुन ३ गते थुम्को गाउँ नजिक भएको उक्त कार्यक्रमका प्रमुख अतिथि पार्टीका पूर्वी कमान्ड इन्चार्ज अनिल विरही थिए । कार्यक्रममा कार्यकर्ताले उठाएका प्रश्न र जिज्ञासाको जबाफ दिँदै विरहीले ुक्रान्तिकारी आन्दोलनको समान विकास गर्न र पूर्वमा दक्षिणपन्थी संशोधनवादलाई परास्त गर्न शक्ति केन्द्रीकरण गरिरहेकाले पूर्वी क्षेत्रका नेता–कार्यकर्ताको दायित्व थपिएको र ऐतिहासिक अवसर पनि प्राप्त भएको’ बताए ।

उक्त कार्यक्रममा अभियानकी कमान्डर तथा पीबीएम उमा भुजेल ुशिलुु ले वैज्ञानिक समाजवादी क्रान्तिका लागि वस्तुगत अवस्था परिपक्व बन्दै गएका कारण आत्मगत अवस्था अनुकूल बनाउन अभियान सुरु गरिएको, सिन्धुली अर्थात् क्रान्तिको पूर्वी नेपालको ढोका अभियानले राताम्मे परिएको र गाउँका गाउँ सिङ्गै ने.क.पा. मा सङ्गगठित भएको बताएकी थिइन् । ूमहान् जनयुद्धका कमान्डरहरू लडाइँको मोर्चा छोडेर भागे पनि आफूहरूले मोर्चाको नेतृत्व गरिरहेको र एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नेू दाबी पनि भुजेलले गरिन् । कार्यक्रममा केन्द्रीय सदस्य देवनारायण शाहले पनि मन्तव्य राखेका थिए । समीक्षा कार्यक्रममा ५ वटा उपटोली क्रियाशील रहेका थिए । रहेको गोलन्जर गापामा संलग्न टोलीबाट लालबहादुर, मानबहादुर, फेमसले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा उपटोली नेताहरू मौसम, शशी, नयन, कमल, युवानेता दीपक र अभियानका कार्यालय सचिव तथा सिन्धुली सेक्रेटरी दिनेश सारूले आआफ्नो कार्यक्षेत्रको प्रगतिविवरण प्रस्तुत गरेका थिए ।

अभियान टोलीले रानीखोलास्थित जमुना गुरुङको घरमा तोरी उखेलेको, धराडाँडास्थित एकल महिला अम्बिका बस्नेतको घरमा शिलुसहित मल बोकेको, सुनकोसी गा.पा. ४, हायुबस्तीका प्रकाश हायुको घर निर्माणलगायत श्रमदानहरू गरेको बताइएको छ । कार्यक्रममा अभियन्ताहरू गोपाल, हिमाल, सरगम, आशीष, राजु ठकुरी, भीम, विशाल, महेन्द्र मण्डल, सुमन, मणि राई, विकल्प, फेमस, धर्ती, विमल, विजय, रमेश, सुविक्षा, अम्बिकालगायतले आफ्नो कामको प्रगतिविवरण प्रस्तुत गरेका थिए । नयाँ ५ जना पूर्णकालीन सदस्यहरूले अनुभूति मन्तव्य राखेका थिए । सूर्य दियालीले ुमकै भुटी राख कान्छी लालसेना आउदैछन्ु शीर्षक गजल वाचन र भीमले गीत गाएका थिए । अभियन्ताहरूले गरिब, दलित र जनजाति समुदायले नै आफ्नो अभियानलाई तुलनात्मक रूपमा राम्रो सहयोग प्राप्त भएको अनुभव सुनाएका थिए । प्रमुख अभियन्ता भुजेलले ूसर्वहारावर्गले लड्ने, दलाल वर्गले उपलब्धि हत्याउने विरासत दोहोरिन नदिन आफूहरू सचेत रहेकोू बताएकी थिइन् । अभियन्ताहरूले माक्र्सवादी साहित्य अध्ययन र प्रचारमा तीव्रता दिइएको बताएका छन् । उक्त टोलीले सुनेकोसी र गोलन्जर गा.पा.मा ५ हजार पर्चा, ५० हजारको माक्र्सवादी साहित्य र ४ सय प्रति रातो खबर वितरण गरेको सिन्धुलीबाट प्रेषित समाचारमा जनाइएको छ ।

२०७५ फागुन ७ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :