झापामा नेकपाका जवसहरूको संयुक्त जिल्ला सम्मेलन


झापा : नेकपाका जनवर्गीय सङ्गठनको संयुक्त झापा जिल्ला सम्मेलन भद्रपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन थिए । त्यसैगरी अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, मेची ब्युरो संयोजक, झापा जिल्ला संयोजक, झापा जिल्ला अध्यक्ष, इलाम जिल्लाका सेक्रेटरीलगायत झापाका विभिन्न क्याम्पसबाट ३,५०० भन्दा धेरै जनसमुदायको सहभागिता थियोे । सम्मेलनबाट झापा जिल्लाका विभिन्न जनवर्गीय सङ्गठनको नयाँ नेतृत्व पनि चयन भएको छ ।

 

 

 

अखिल (क्रान्तिकारी) मा अध्यक्ष सञ्जय राई, उपाध्यक्ष बद्री पौडेल, सचिव आरएन क्षेत्री, सहसचिव सुदीप शाही ठकुरी, कोषाध्यक्ष करण थाहा र १७ जना सदस्य निर्वाचित भएका छन् ।


मजदुर सङ्गठनमा अध्यक्ष कुमार मैनाली, उपाध्यक्ष कृष्ण कुमाल, सचिव रमेश भट्टराई, कोषाध्यक्ष विमल राजवंशी छानिएका छन् । जिल्ला सदस्यहरू १३ जना छन् ।


युवा सङ्गठन नेपालमा अध्यक्ष सेसेहाङ, उपाध्यक्ष मौसम लिम्बू, सचिव अनिल मगर, कोषाध्यक्ष सपना धिमाल र २५ सदस्य छन् ।

किसान सङ्गठनमा अध्यक्ष डिल्ली गुरागाईं, उपाध्यक्ष प्रेम बुढाथोकी, सचिव गणेश दाहाल, कोषाध्यक्ष गोमा भट्टराई र १३ जना सदस्य छन् ।

सुकुमबासी सङ्गठनमा अध्यक्ष कुलेन्द्र, उपाध्यक्ष स्टक घिमिरे, सचिव सुमन, कोषाध्यक्ष मुक्ति राजवंशी र १५ जना सदस्य छन् ।

२०७५ फागुन ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :