छिमेकी र कान्छो साउ : झनक श्रेष्ठ

झनक श्रेष्ठ

छिमेकीको नजर कर्णाली तिर
कसैको नजर गुम्बातिर
देश जलाइन्छ हाम्रो
घर भत्काइन्छ हाम्रो
भूमि उजाड बनाइन्छ हाम्रो
सामुदायिकता खलबल्याइन्छ हाम्रो
छिमेकीको हेराइ हिमालतिर
परिश्चमाको हेराइ बाइबल घोकाउनेतिर ।

बारा, पर्सा र रौतहट सुकिरहेछ
सन् १९७२ सायद आज लुकिरहेछ
किनभने १६ सालले प्रश्न गरिरहेछ
८५७ क्युसेक पानी बराबर आज
४०० क्युसेक मात्र कसरी भयो ?
छिमेकीको ध्यान बिआइसिसिमा कम्पन ल्याउनेतिर
कसैको ध्यान तराई टुक्राउनेतिर
कसैको व्यवसाय राज्य खोक्रो बनाउनेतिर ।

आफ्नै आँगनमा पानी भरेको गाग्री
सिमापार लगी फिर्ता ल्याउँदा अमृत बन्छ
यो आम नेपालीको भनाइ होइन
इतिहासको सोचाइ यस्तैयस्तै बढिरहेछ ।

पश्चिमको अपि र सैपाल अनि पूर्वको कञ्चनजंगा
यस्तैयस्तै फुस्रा भ्रमको विश्वासमा लडिरहेछ
उत्तरको हिमाल र दक्षिणको तराइ बीचमा
यस्तैयस्तै जाली र भ्रमकारीको जालो अगाडि बढिरहेछ
नेपाली जनता मुसुमुसु हाँस्दै सबै बेथिती हेरिरहेछ
एकक्षण दुइक्षण गरी दक्षिणको कुलङ्गार
हाम्रो ढोका ढकढक्याउँदैछ
तिमी मसँग आऊ
पूर्व पनि नहेर
पश्चिम पनि नहेर
अनि आफैलाई पनि नहेर
मात्र दक्षिणतिर हात जोड
उत्तरतिर पनि नजाऊ
तिम्रो आफ्नै उत्तरतिर नजाऊ
होइन होइन उत्तरतिर नजाऊ ।

हिमालको बाँध अनि तराइको फाँट
पूर्वको मेची अनि पश्चिम महाकालीको साँध
आफै चल्न खोज्छ तर कथित माइलो साउ
आफ्नै खुट्टा टेक्नु होइन
छिमेकीको खुट्टा ढोक्नु
उसको सेवा सम्झिन्छ ।

छिमेकीको नजर भुटानीकरणतिर
अनि फिजिकरणतिर
हाम्रो नजर स्वाभिमानतिर र वर्ग संघर्षतिर
तर साउ कान्छाको नजर छिमेकीको गुलामीतिर
त्यस्तै साउ कान्छाको नजर
हाम्रो स्वाभिमानको मलामीतिर ।

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!