यसरी मनायो नेकपा भक्तपुरले २४औं जनयुद्ध दिवस, जनयुद्धको बाँकी काम हामी पूरा गर्छौ : थापा


भक्तपुर ः नेपाल कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला पार्टीले २४औं जनयुद्ध दिवस एक भव्य कार्यक्रमको आयोजना मनाएको छ ।  जिल्लाको मुख्य बजार सूर्यविनायकमा नेकपा भक्तपुरले आयोजना गरेको जनसभामा बेपत्ता तथा घाइते परिवार, सहिद परिवार तथा स्थानीयको उपस्थिति बाक्लो मात्रामा रहेको थियो ।
जनसभाका प्रमुख अतिथि नेकपा उपत्यका विशेष ब्यूरो सदस्य अर्जुन थापाले जनयुद्धलाई अलपत्र पार्नेहरुबाट जनयुद्धको बाँकी कार्यभार पूरा गर्न क्रान्तिको झण्डा उठाइरहेको विप्लव नेतृत्वको नेकपामाथि दमन र झुठा मुद्दा थोपरेर गम्भीर गल्ती गरेको बताए ।

‘केपी–प्रचण्डहरुले आजका दिनमा नेकपामाथि दमन र धरपकडको दुष्चक्र बढाएको छ, अब सहन सक्ने क्षमता भत्किँदैछ’ थापाले भने, ‘अब तिमीहरु जनताको परिवर्तनको यात्रालाई अवरोध गर्ने कोशिस जारी राख्छौ भने जनता चुप लागेर बस्न छैनन् । नेकपा चुप बस्दैन ।’ नेकपाले अधिकार प्राप्ति र स्वाधीनतको लागि जुनसुकै तहको संघर्ष छेड्न तयार रहेको नेता थापाले स्पष्ट पारे ।

निरंकुश राणा शासन, सामन्त पञ्चायत र ताननशाही राजतन्त्रामक दलाल संशोधनवादी बहुदलीय व्यवस्था ध्वस्त पार्न सफल नेपाली जनताको अगाडि दला र भ्रष्टहरुको संरक्षक वर्तमान सरकारको केही नलाग्ने उनले बताए । वर्तमान दलाल संसदीय व्यवस्थाबाट स्वाभीमानी नागरिकले अधिकार प्राप्त गर्नै नसक्ने उनको दावा छ ।
जनसभामा मजदुर संगठनका जिल्ला अध्यक्ष वुमरा कोर्मोर्चाले २४औं जनयुद्ध दिवसले सामाजिक फासिवादी वर्तमान सरकारको अन्त्यको बाटो खन्ने काम गर्ने बताउँदै मजदुरहरु आफ्नो खोसिएको अधिकारको लागि एकीकृत जनक्रान्तिको माध्यमबाट क्रान्तिमा मूल्य चुकाउन तयार रहेको बताए । जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेहरुको सपना पूरा गर्न जस्तोसुकै आन्दोलन गर्न सम्पूर्ण मजदुरहरु तयारी अवस्थामा रहेको उनको धारणा थियो ।

जनसभाका अध्यक्ष नेकपा भक्तपुरका सेक्रेटरी बुद्धिलाल पुनले राष्ट्रियता र नागरिकको अधिकार वर्तमान दलाल राज्यसत्ताले खोसेकोले नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशासहित वैज्ञानिक समाजवादी राज्यसत्ताको अवधारणा अगाडि सारेको बताए । जनताको सत्ता गाउँशहरमा चलिरहेको र अन्याय र अत्याचारविरुद्ध पीडितहरुले उजुरी दिई न्याय र अधिकार प्राप्त गर्न र संघर्षमा लामवद्ध हुन अपिल गरे ।

कार्यक्रम संचालक विषमले नेकपाको प्रभाव बढ्दै गएपछि गाउँ र शहरका दलाल, तस्कर र गुण्डाहरु सल्बलाउन थालेको भन्दै नेकपाका नेताकार्यकर्ताविरुद्ध सुराकी गर्ने गम्भीर गल्ती नगर्न चेतावनी दिए । उनले भने ‘हाम्रो लडाई सुरक्षाकर्मी वा सेनासँग होइन, दलाल र भ्रष्ट अनि जनघातीहरुसँग हो । माफियाहरुविरुद्ध हो ।’

२०७५ फागुन १ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :