अखिल (क्रान्तिकारी) राप्ती बबई क्याम्पसमा प्रभा निर्वाचित


दाङ : आज दाङको तुलसीपुरमा रहेको राप्ती बबई सामुदायिक क्याम्पसमा ने.क.पा. निकट अखिल (क्रान्तिकारी) को एकाइ सम्मेलनले प्रभा ओलीको अध्यक्षतामा ११ सदस्यीय राप्ती बबई मूल एकाइ समिति निर्वाचित गरेको छ । राप्ती बबईमा भएको तेस्रो सम्मेलनमा अखिल (क्रान्तिकारी) की जिल्ला अध्यक्ष प्रीतिमा चौधरी, नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज तिलक योगी, पत्रकार र विद्यार्थी सङ्गठनका जिल्ला सदस्यहरूले सम्बोधन गरेका थिए ।

नवनिर्वाचित मूल एकाइ समिति राप्ती बबईका पदाधिकारीहरूले राप्ती बबई मात्र नभएर पूरै तुलसीपुरमा रहेको शिक्षाको बेथितिका विरुद्ध डटेर लड्ने प्रतिबद्धता व्यक्त गर्दै जस्तोसुकै परिस्थितिमा पनि न्यायका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित समितिलाई अखिल क्रान्तिकारीका जिल्ला सदस्यहरूले बधाई दिएका थिए । सङ्गठनका नगर संयोजक युवराज ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य दीपेन्द्र ओलीले स्वागत मन्तव्य र दाङ जिल्ला कोषाध्यक्ष प्रकाश ओलीले सहजीकरण गरेका थिए ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :