नेकपाले देशव्यापी २४ औँ जनयुद्ध दिवस मनाउने


काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीले देशभर विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ । दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानमै जनयुद्ध दिवस मनाउन लागेको जानकारी पनि प्राप्त भएको छ ।

नेपाली जनताले भोगेको सामन्ती दासता, पुँजीवादी शोषण–उत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएको २३ वर्ष पूरा भएर २४ वर्ष लागेको अवसरमा २४ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउन लागिएको जानकारी नेपाल कम्युनिस्ट पार्टीले दिएको छ ।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको स्मरणमा नेकपाले २४ औँ जनयुद्ध दिवस मनाउन लागेको हो । माओवादीको एउटा धोकेबाज नेतृत्व महान् सहिदहरूको रगत लतपतिएको रक्तरञ्जित झन्डा फालेर वर्गदुस्मनसामु लम्पसार परे पनि नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाबाट पृथक रूपमा जनयुद्ध जारी राखेको भन्दै हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

२०७५ माघ २६ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :