जनयुद्धकै झझल्को दिने गरी रातारात सङ्गठन विस्तार

काभ्रे : नेकपाले जनयुद्धको समयमा जस्तै गरेर रातारात सङ्गठन विस्तार गरिरहेको छ । प्राप्त जानकारीअनुसार यतिबेला सुन्दर गाउँको गाउँगाउँमा नेकपाले जनयुद्धको झल्को दिने गरी मार्चपास्ट गर्नुका साथै गाउँबस्तीमा पसेर नाचगान गर्ने, पार्टीका कुरा राख्ने, जनतालाई भेला पारी रातारात सङ्गठन विस्तार गरिरहेको समाचार छ ।

अभियानकर्मीले पुराना नेता-कार्यकर्तालाई पनि भेटिरहेका छन् । नेकपाका नेताहरूका अनुसार काभ्रे चौँरीदेउराली गाउँपालिकामा हालसम्म २५ वटा एकाइ समिति गठन गरिएको छ । सुन्दर गाउँ सुँगुरेमा ताम्सालिङ जनसत्ता प्रमुख माणिक लामाको प्रमुख आतिथ्यमा १० सदस्यीय दलित मुक्त मोर्चा गठन गरिएको छ ।

गाउँमा जनसत्ताको अभ्यास भैरहेको र संसदीय व्यवस्थाले जनतालाई दुःख दिएकाले अब आफूहरूले छिटै त्यस्ता जनप्रतिनिधिलाई कारबाही गरिने लामाले बताए ।

२०७५ माघ २६ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :