धादिङको कालीदहमा बन्दकर्ताद्वारा ट्रक टोडफोड

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले आह्वान गरेको जिल्ला बन्दको अवज्ञा गरेको भन्दै सिद्धलेक कालीदहमा लएपी ट्रक तोडफोड गरेको छ । धादिङबाट गिरफ्तार गरिएका तीनजनाको बिनासर्त रिहाइको माग गर्दै शुक्रबार धादिङ बन्द गरेका नेकपाका कार्यकर्र्ताले ट्रक तोडफोड गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै नेकपाले माघ २५ गते हुने धादिङ बन्द सफल पार्न सबैलाई आग्रह गरेको थियो ।
यतिबेला धादिङ हुँदै चल्ने कुनै पनि सवारीसाधन चलेका छैनन् भने पसलहरू समेत बन्द रहेका छन् ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :