डोटेली समाज र संस्कृति

bhoj raj bhaभोजराज भट्ट
ईशापूर्व ३०० मा प्राचीन डोटी राज्यको स्थापना भएको मानिन्छ । तर त्यसलाई पुष्टि गर्ने प्रमाणिक सामग्री अझसम्म प्राप्त भएका छैनन् । आजसम्म प्राप्त अभिलेखहरूका अनुसार विशाल डोटी राज्यको राजधानी सिराकोट थियो । जुन हाल सुगौली सन्धिपछि भारत, उत्तराञ्चल (साबिक उत्तरप्रदेश) राज्यअन्तर्गत गढवाल जिल्लामा पर्दछ । डोटी राज्यको पूर्वमा कर्णाली नदी, पश्चिममा सतलज नदी, उत्तर कैलाश पर्वत र दक्षिण गङ्गा मैदानसम्म फैलिएको थियो । त्यसबेला कुमाउ, गढवाल, जुम्ला राज्यहरू डोटी राज्यअन्तर्गत अर्थात् अधीनस्थ थिए । डोटेली महाराजलाई तिरोभारो बुझाउँथे । आन्तरिक कलह र उत्तरदक्षिण व्यापारिक नाकाको पहुँच कमजोर हुँदै जाँदा डोटेली हैकमका विरुद्ध डोटेली राजा त्रिलोकीपालको पालादेखि अन्तिम डोटेली राजा दीप शाही (शाके १२४०–१७२० सम्म) ३० पटकभन्दा बढी ठूला आक्रमणहरू भए । त्यसपछि नेपाली भाषाको उद्गमस्थल ठकुरी शाहवंशको विशाल डोटी राज्यको पतन भयो । त्यसपछि कुमाउ, गढवाली, जुम्ली, बझाङ्गे स्वतन्त्र राज्यहरूको उद्गम भयो ।
अहिले पनि तल्लो र माथिल्लो डोटी रहेका छन् । डोटेली इतिहासका विद्वान् भोजराज भट्ट (भट्टराई का अनुसार ‘कैलाश पर्वतकै सानिध्यमा डोटी राज्य स्थापित भएकाले देवाटपीबाट द्यौटा र त्यसैबाट डोटी भएको कुरा सिरा राज्य डोटीअन्तर्गतकै हुँदा हिमालको फेदीमा पर्दछ’ भन्ने रहेको छ । पराजित डोटेली मनोविज्ञानलाई तलको कविताले छर्लङ्ग पार्दछ –
काली कर्णालीका माझ बगिरहने सेती
चमोलिया वृद्धगङ्गा नदीनाला कति
सर्काइल सुरनाया दोगाड ठूलीगाड रङ्गुन
ईभन्दा तलका खोला कति धेरै छन्
पूर्व सीमा गण्डकी हो पश्चिम भागरथी
दक्षिण बिहार उत्तरखण्ड थियो हिमालजति
विशाल थियो डोटी राज्य पौराणिक कालदेखि
भुरेभारे राज्यहरू आज गर्छन् सेखी
कठैबरी यो डोटीका कैले दिन फिर्लान् कि
ऋणी छन् डोटीका जनता यो ऋण तिर्लान् कि
प्राचीन डोटी राज्य समयसमयमा फैलने र खुम्चने गर्दथ्यो । कुनै समय यो कालीगण्डकी पश्चिम र महाकालीसम्म त कहिले सतलजसम्म थियो । लामो समयसम्म यो कर्णालीपश्चिम सतलज नदीपूर्व (कुमाउ गढवालसहित) कायम थियो । आजको सेती–महाकाली जिल्लाको फैलावटलाई नै सुदूरपश्चिम भनिन्छ । कतिपयले यो भूभागलाई डोटी प्रदेश भन्ने गर्छन् । आजको डोटी जिल्लामा डोटी भन्ने नाम नै छैन । फेरि त्यो नाम कसरी रह्यो थाहा छैन । डँडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीको नजिक घटाल गाढ (खोला) छ । त्यहाँ घटाल देवस्थल छ । त्यसवरपरको भागलाई डोटी भनिन्छ । त्यसकै नामबाट डोटी उपत्यकाको नाम रहेको तर आज उक्त क्षेत्र डँडेल्धुरामा परेको अनुमान छ । डँडेल्धुरा पनि डोटीमै पथ्र्यो भनिरहनु परोइन । डोटी असान्दर्भिक र बाहिरियाले हचुवामा राखिदिएको नाम भन्ने आरोप पनि छ ।
आधुनिक नेपालको इतिहास लेखन परम्परामा डोटी राज्यको विरासत चार सय वर्ष पुरानो मान्दै आएको तर डोटेली इतिहासकार भोजराज भट्ट (भट्टराई उक्त दाबी अस्वीकार गर्छन् । उनी भन्छन्, ‘…इतिहासविद् कनिंघम, बेलायती इतिहासविद् अठकिन्सिन र चिनियाँ घुमक्कड हुयन साङले पनि डोटीका विषयमा डोटी विशाल राज्य थियो भनेर उल्लेख गरेका छन् । त्यस्तै मध्यभारतको अकबर बादशाहको राज्यकालको विवरणdoti samajमा इतिहासविद् प्रो. दुचिले डोटी राज्यको विषयमा विक्रमको तेस्रो शताब्दीदेखि छैटौँ शताब्दीतिर डोटी राज्य विशाल थियो भनेर लेखेका छन् ।” कास्मिरदेखि जुम्लासम्मका हिन्दुहरूले आजपर्यन्त एक सातासम्म गौरा पर्वका रूपमा शिवपार्वतीपूजन गर्छन् । कुमाउका इतिहासकार बदरीदत्त पाण्डेका अनुसार डोटी राज्य ई.पू. ३०० शताब्दीमा स्थापना भएको हो । डोटी राज्यलाई कर बुझाउने गरी आश्रित राज्यका रूपमा सन् ७०० (शाके सम्वत ६२२) मा दैषटदेवले कुमाउ राज्यको स्थापना गरेकाथिए । त्यसबाट डोटी राज्य (क्षेत्र) आज धुमिल भए–पारिए पनि यसको गौरव उच्च छ ।
डँडेल्धुराको सदरमुकाम अमरगढीमा कुनै बेला बाघ मार्नका लागि बाघको खोर (धराप) बनाइएको थियो । उक्त स्थानलाई बाघखोर भनिन्थ्यो । वि.सं. २००० देखि उक्त स्थानमा बजार बढ्दै गएकाले बागबजार नामकरण गरियो । शाके संवत् १७१७ मा डोटी राज्य गोर्खाली राज्यको अधीनमा गयो ।
पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर डोटी राज्यअन्तर्गत थिए । कैलाली र कञ्चनपुरमा कुमाउ र लखनउका नागरिक ओइरो लागेर वन फडानी गरेकाले डोटीका राजाले विरोध गरेपछि कुमाउले आफ्ना नागरिक फिर्ता लगेको तर लखनउले नमानेपछि डोटी र नबाबका बीचमा युद्धसमेत भएको थियो । 20170609_063538[1]
राजा हरि शाहीले कैलाली र कञ्चनपुरमा कब्जा जमाएका मुगल सम्राटसँग लड्न शाके संवत् १६७७ मा गुप्तचर टोली खटाएका थिए । उक्त टोलीले मुगल बादशाहसँग विद्यमान डोटेली फौज र रसदपानीले विजय प्राप्त गर्न नसकिने भन्दै लड्न नहुने सुझाव बुझाएको थियो । आफ्ना पितालाई पराजित गरेको बदला लिन आतुर राजा हरि शाहीले शाके संवत् १६६८ मङ्सिरतिर फेरि २५ हजार फौज र रसदपानी जम्मा गरेर लखनौका नबाबसँग युद्धको तयारी गरे । कञ्चनपुर, मछेलीखोला, कोलमुडामा भीषण लडाइँ भयो । दुवै पक्षले सिपाही र जनता नभएर नेतृत्व ढाल्ने रणनीति बनाएका थिए । युद्ध सुरु भएको पाँचाँै दिनमा नै मुसलमान सेनाले डोटेली सेनाका सहायक सेनापति जैमानशाहीको हत्या ग¥यो । त्यसले डोटेली सेनामानिराशा बढ्दै थियो । चर्चित लडाकु तथा सेनापति नरि शाही जैमानका भतिज पनि थिए । काका तथा उपसेनापति हत्याको बदला लिन आक्रामक शैलीमाजाइलागेकानरि शाही सातौ दिनमा युद्धमा मारिए । त्यसपछि डोटेलीफौजले नबाब समक्षआत्मसमर्पण गर्न बाध्यभयो । चरेसम्मनखनौकानबाबको नियन्त्रण कायमभयो । त्यसपछि वि.सं. १८१५ देखि १९१७ सम्म (१७२ वर्ष पश्चिम तराई नबाबको कब्जामा थियो । वि.सं १९१४ मा जङ्गबहादुरले लखनौका नबाबका विरुद्ध आक्रमण गरे । उक्त विजयपछि वि.सं. १९१७ मा बल्ल उक्त क्षेत्र नेपालले फिर्ता पायो । डोटेली राजा हरि शाहीको पालामा गुमेको नेपाली भूभाग जङ्गबहादुरको कालमा फिर्ता आयो । सुगौली सन्धिताका पनि उक्त क्षेत्रमा नेपाल र नबाबको दोहोरो दाबी यथावत् थियो ।
डोटी प्रदेश नेपाली भाषाको उद्गम स्थल हो । त्यहाँ संस्कृत भाषा लामो समयसम्म राज्यभाषाका रूपमा स्थापित थियो । डोटेली खस भाषाले नेपाली भाषाका रूपमा स्थान पायो भने आज पनि डोटेली भाषा एउटा भाषिकाका रूपमा रहिरहेको छ । कैलाशपर्वत यसै क्षेत्रमा पर्दछ । हिन्दु धर्मको मूलथलो पनि यही क्षेत्र हो । नेपाली समाजमा डोटेली समाज र संस्कृतिको उच्च स्थान छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :