चितवनमा एनसेल विरुद्ध विरोध प्रदर्शन

 

चितवन : एनसेलले ७२ अर्ब करछली विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल चितवन र अखिल (क्रान्तिकारी) चितवनले संयुक्त विरोध प्रदर्शन गरेका छन् । आइतबार विरोध प्रदर्शनसहित र्यालीको नेतृत्व युवा संगठन नेपालका केन्द्रीय सदस्य सुरक्षा र विद्यार्थी नेता अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बद्री अधिकारीले गरेका थिए ।
कार्यक्रमको व्यवस्थापनमा युवा सङ्गठन नेपाल चितवनका संयोजक किरण गरेका थिए । हजारौंको संख्यामा उपस्थिति रहेको कार्यक्रममा वक्ताहरुले दलाल भ्रष्टाचार र करछलीको विरुद्ध विरोध प्रदर्शन मात्र हैन अब सफया हुन जरुरी रहेको बताएका छन् ।
कार्यक्रम सुरु हुनु भन्दा अगाडि भरतपुरको विरेन्द्र क्याम्पसदेखि चौविस कोठीमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रम सञ्चालक अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष रमेश लामिछाने गरेका थिए ।

२०७५ माघ २१ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :