खोटाङको अध्यक्ष्यमा प्रधान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपाल अन्तरगत रहेको खोटाङ–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले खेम प्रधानको अध्यक्ष्यतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमा उपाध्यक्ष अनिल राई, सचिव निश्चल राई, कोषाध्यक्ष इमो राई रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा खुसी राई, सुदिप राई, हेम प्रधान, लक्ष्मण राई, सुमन खतिवडा, सुदिन प्रधान र सुशील राई छन् । खेम प्रधानको अध्यक्षतामा बसेको उक्त समेलनमा अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका सदस्य रणबहादुर पुनमगर थिए ।

कार्यक्रम सञ्चालन खुसी राईले गरेका थिए भने स्वागत मन्तव्य इमो राइले गरेका थिए ।

२०७५ माघ २० गते आतइबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :