विद्यार्थी नेता विक गिरफ्तारको विरोधमा उपत्यकामा प्रदर्शन

       काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकको गैरन्यायिक गिरफ्तारीको विरुद्ध क्रान्तिकारीले देशभर विरोध सभा प्रदर्शन गरेको छ । गत शुक्रबार चरणबद्ध आन्दोलनको घोषणा गरेको अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिले घोषणा गरेको कार्यक्रम अनुसार आज देशभर विरोध सभा सम्पन्न गरेको हो ।

काठमाडौँको पशुपति क्याम्पस चाबहिलमा गरिएको विरोध सभामा अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र कोषाध्यक्ष खगेन्द्र राईले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजादले केपी ओली सरकार विद्यार्थीहरुको कलमसँग डराएर आफ्नो सङ्गठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई अपरण शैलीमा गिरफ्तार गरेको बताए । आजादले केपी सरकार असफल भैसकेपछि जनताकाे ध्यानलाई आन्तरिक द्वन्दमा डाईभर्ट गरेर युवा विद्यार्थी, बुद्धिजीवीहरुलाई दमन गर्न खोजेको बताउदै कलमलाई बन्दुकको नालले दमन गर्न खोजे केपी-रामबहादुरको हालत ज्ञानेन्द्रको भन्दा तल्लोस्तरको  हुने बताए । प्रहरी आफैले बन्दुकको गोली राखेर फसाउँन खोजेको भन्दै तत्काल बिनासर्त आफ्ना केन्द्रीय कोषाध्यक्षलाई रिहा गर्न माग गर्दै नगरे कडा अन्दोलनमा उत्रीन बाध्य हुने बताए ।

 काठमाडौँकै त्रिचन्द्र क्याम्पसमा पनि अखिल (क्रान्तिकारी)ले विरोध सभा गरेको छ । विरोध सभालाई क्याम्पस जिल्ला उपाध्यक्ष प्रभात भट्टराई र सहसचिव रबिन केसीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै क्याम्पस जिल्लाका उपाध्यक्ष प्रभात भट्टराईले अखिल (क्रान्तिकारी)ले एनसेलको करछली विरुद्ध गरेको विरोध अभियानलाई निस्तेज पार्न बन्दुकको गोलि बोकेको झुटो आरोमा  आफ्ना नेतालाई फसाउँन खोजेको बताउदै सरकाले एनसेलको कर छलीलाई छुट दिन खोजेको बताए । त्यसैगरी रत्न राज्य लक्ष्मी क्याम्पसमा भएको विरोध सभामा पनि क्याम्पस जिल्लाका उपाध्यक्ष प्रभात भट्टराईले बोलेका थिए । त्यसैगरी शंकर देव क्याम्पसमा पनि विरोध सभा भएको छ । विरोध सभामा क्याम्पस जिल्लाका सचिव तारा सन्ज्यालले सम्बोधन गरेका थिए ।

 यस्तै अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको पाटन इकाई समितिले विरोध प्रदर्शन गरेको छ । विरोध सभालाई सम्बाेधन गर्दै ललितपुर जिल्लाका अध्यक्ष विनोद लुइँटेलले दलाल संसदीय राजनीति व्यवस्थाले देशका सम्पूर्ण युवाहरूलाई बेरोजगार बनाएको आफ्ना कार्यकर्तालाई अपराध तथा विभिन्न गुन्दागर्दीमा संलग्न गराएको, क्रान्तिकारी विद्यार्थी नेतालाई झुट्ठा मुद्दा लगाएर फसाएको कारण ठूलो मूल्य चुकाउनु पर्ने बताए । पिरोध सभामा उपत्यका ब्युरो संयोजक लोकेन्द्र बिष्टले संघर्षको कार्यक्रम घोषणा गरे पश्चात् पनि सङ्गठनका कोषाध्यक्षलाई रिहा नगरे थप संघर्षमा जान बाध्य हुने बताए । क्रार्यक्रमको सञ्चालन ललितपुर जिल्ला सहसचिव एवं पाटन संयुक्त क्याम्पसका अध्यक्षले गरेका थिए । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :