अखिल (क्रान्तिकारी) कैलालीद्वारा नरेन्द्र विश्वकर्माको गैरन्यायीक गिरफ्तारीका विरुद्ध प्रदर्शन

कैलाली : केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको गैरन्यायिक गिरफ्तारीको बिषयमा अखिल (क्रान्तिकारी) कैलालीले कैलाली बहुमुखी क्याम्पसमा आइतबार सरकार विरुद्ध रिहाइको माग गर्दै बिरोध सभा गरेको छ । वर्तमान शिक्षाको निजीकरण, व्यापारीकरण, दलालीकरण र चरम ब्यक्तिवादी मनोवृत्ति भएका मानिस उत्पादन गरिरहेको शिक्षाको अन्त्य गरी नेपालका सम्पुर्ण जातीय, क्षेत्रीय, लिङ्गिय, वर्गीय उत्पीडनमा परेका गरिब, किसान, मजदुर आदि सबै विद्यार्थीको शैक्षिक अधिकारकालागि अखिल (क्रान्तिकारी)ले संघर्ष गरिरहेको कुरा जानकारी गराउँदै शिक्षा प्रणालीमा भएका विद्यार्थीका सम्पुर्ण समस्या समाधान गर्न निरन्तर क्रियाशिल रहेको र देशमा राजनीतिक भागबन्डा शिक्षामा दलालीकरण भएको कुरा कैलाली विद्यार्थी संगठनका जिल्ला अध्यक्ष बबरजङ्ग सिंहले व्यक्त गर्नु भएको हो ।

साथै कैलाली बहुमुखी क्याम्पसको छात्रवृत्ति अनियमितताको बिषयमा रिचार्ज कार्डको आधारमा विद्यार्थीको भोट मागेर आँखामा छारो हाल्दै जितेको स्ववियु संगठन र क्याम्पस प्रशासनलाई छात्रवृत्तिमा कृपावाद, नातावाद र आफु निकट विद्यार्थी संगठनका विद्यार्थीहरुलाई प्राथमिकता दिँदै राजनीतिकरण गरेको आरोप लगाएको छ भने विद्यार्थीको भविश्यसँग खेलवाड गर्न चेष्टा गर्ने संगठन र दलाललाई सार्नजनिक गर्दै संघर्ष गर्ने र धोखेबाज उत्खननकालागि अखिल (क्रान्तिकारी) कहिल्यै पछि नहट्ने अपिलसमेत गरेको छ ।

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :