टिपटप वेयर विरुद्ध सिलाई मजदूरसंघले आन्दोलन गर्ने

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी सिलाई मजदूर संघले टिपटप वेयर विरुद्ध संघर्ष गर्ने भएको छ । काठमाडौंको बागबजारमा सञ्चालित टिपटप वेयर प्रा.लि.ले सिलाई मजदूरहरूलाई झुठा आरोप लगाएको श्रमिकहरूको हितमा भएका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारी सिलाई मजदूर संघले आन्दोलन गर्ने भएको हो । टिपटप वेयर व्यवस्थापक आफैले कारखानाको उचित व्यवस्थापन गर्न नसकेको, कारखानाको व्यवस्थापनको विषयमा भएका पुर्व सहमितहरू कार्यान्वयन नभएको र कारखानामा कार्यरत श्रमिकहरूलाई काम नदिई ठेकेदारमार्फत काम गरेको हुनाले आन्दोलन गर्नुपरेको क्रान्तिकारी मजदूर संघका अध्यक्ष शिव परियारले बताएका छन् । विज्ञप्तिको पूर्णपाठ….

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :