निर्माण मजदुर संघको भेला सम्पन्न

 

काठमाडौँ : अखिल नेपाल (क्रान्तिकारी) निर्माण मजदुरसंघ जिल्ला समिति काठमाडौँको छैटौं भेला सम्पन्न भएको छ । महासंघका केन्द्रीय काेषाध्यक्ष बिनोद थापा प्रमुख अतिथि रहेको भेलामा महासंघकै केन्द्रिय सचिवालय सदस्य शिशिर थापा विशेष अतिथिकोरुपमा उपस्थित थिए ।
यस्तै केन्द्रीय सदस्य सरोज, महासंघका काठमाडौँ अध्यक्ष नारायण तोलाङगी, संघका केन्द्रीय उपाध्यक्ष जित बहादुर श्रेष्ठ आमन्त्रित मजदुर नेता रामशरण तिमल्सिना लगायतका मजदुर नेताहरु अतिथिकोरुपमा सहभागी थिए ।

शनिबार सम्पन्न भेलाले नारायण केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा शोनालाल राउत कुर्मी,सचिव बालाराम चौधरी, कोषाध्यक्ष दुर्गा दास चयन भएका छन् । यस्तै सदस्यहरुमा नरेन्द्र, प्रमोद, गणेश, बिनोद, मनोज, भिम, सरोज, उमेश, राम, प्रकाश, प्रेम लामा र गोपी रहेका छन । तिन सदस्य बैठकबाट थप गरिने बताईएको छ ।

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :