सल्यानको कपुरकोटमा जनसभा

सल्यान : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको संगठन सुदृढिकरण तथा विस्तार अभियानको सिलसिलामा आज अर्थात शनिबार सल्यानको कपुरकोटमा आमसभा सम्पन्न भएको छ । सयौं जनताको उपस्थितिमा सम्पन्न उक्त जनसभालाई प्रमुख अतिथि सो पार्टीका केन्द्रीय सदस्य चिरन पुन र विवेकले सम्बोधन गरेका थिए । आमसभामा नेकपाका दैलेख जिल्ला इन्चार्ज विवेक, वेपत्ता योद्दा परिवार समाज नेपालका केन्द्रीय अध्यक्ष सुन्दर थापा, सल्यान जिल्ला इन्चार्ज बिश्व, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन अतिथिको रुपमा उपस्थित थिए । नेकपाका राप्ती व्युरो सदस्य पुस्टमान घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सल्यान जिल्ला सचिवालय सदस्य टाइगरले गरेका थिए ।

२०७५ माघ १९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :