आर्थिक अनियमीतता गर्ने नेकपाका मेची ब्युरो सदस्य पार्टीबाट निष्कासीत


झापा : नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका  एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही गरिएको जनाएका छन् । आर्थिक अनियमिता गरेको र लामो समय पार्टी सम्पर्क भन्दा बाहिर रहेकोले आशिषलाई कार्वाहीस्वरुप पार्टीबाट निस्कासन गर्नु परेको मेची ब्युरो इन्चार्ज सुमनले विज्ञप्तिमा उल्लेख गरेकाछन् । साथै आशिष लिम्बूले अनियमितता गरेको रकम उनको जायजेथाबाट असुल गरिने कुरा पनि ब्युरो इन्चार्ज सुमनकाे विज्ञप्तिमा उल्लेख छ ।


२०७५ माघ १९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :