अभियानमय बन्दै प्युठान

 

प्युठान : नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको दुई महिने संगठन सुदृढिकरण तथा विस्तार अभियान प्युठानमा भब्यरुपमा अघि बढिरहेको छ । अभियान टोलीले बुधबारमात्र प्युठान नगरपालिकाको वडा नं ४ मा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै अभियान टोलीका सदस्य रहेका नेकपा रोल्पाका सचिव प्रयासले राष्ट्रघाती, जनघाती र दलालहरुका विरुद्ध आफनो पार्टीले देशब्यापी अभियान चलाईरहेको बताए । विज्ञान प्रविधिको उच्चतम विकास भैरहेको बेला अब हुने क्रान्ति बन्दुकलेमात्र नहुने भन्दै अबको क्रान्तिमा उच्च टेक्नोलोजी प्रयोग हुने बिचार ब्यक्त गरे । जिल्ला जनसरकार प्रमुख राजेन्द्रले कार्यक्रमको संचालन गरेका थिए । अभियान टोलीले माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा मात्र १५ वटा जनसंगठन निर्माण गरेको छ । अयिभानटोलीले जनभेटघाट, अन्तरक्रिया, छलफल, सभा, कोणसभा गर्नुका साथै दर्जनांै स्थानहरुमा भित्ते लेखन गरेको छ ।

गाउँघरहरुमा प्रवेश गर्दै अभियानकर्मीहरु
                                                                      भित्तेलेखन गर्दै अभियानकर्मीहरु

 

२०७५ माघ १७ गते बिहिबर प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :