रामेछापमा नेकपाको अभियान उत्साहपूर्ण, २५ वटा सङ्गठन निर्माण

  

रामेछाप : नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी सञ्चालन गरेको दुई महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ पूर्वी तामसालिङ ब्युरोको रामेछापमा पनि सानदार रुपमा चलिरहेको छ । माघ १६ गते अर्थात बुधबार जिल्लाको खाँडादेवी ९ स्थित पिङ्खुरीमा अभियान टोलीले पाक्षिक समिक्षा बैठक सम्पन्न गरेको छ ।


केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज आस्थाको नेतृत्वमा गएको अभियान टोली जील्लामा तीन समुहमा विभाजन भइ चलिरहेको छ । केन्द्रीय सदस्य आस्था, रामेछापका जिल्ला इन्चार्ज जमिन र ब्युरो सदस्य ललितले ती टोलीहरुको नेतृत्व गरिरहेका छन् । अभियानकर्मीहरुले जनताको घर दैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै जनसम्पर्क बढाउने र जनसङ्गठनहरु निर्माण गर्दै अघि बढिरहेका छन् । रामेछापमा परिचालित अभियान टोलीले अहिले सम्म २५ वटा जनवर्गीय सङ्गठनहरु निर्माण गरेको बताएको छ ।

जसमध्ये ९ वटा पार्टी सेल समिति, ६ वटा विद्यार्थी सङ्गठन, ३ वटा तामाङ मुक्ति मोर्चा, २ वटा युवा सङ्गठन, ३ वटा महिला सङ्गठन, १ किसान सङ्गठन र १ थामी मुक्ति मोर्चा गरी २५ वटा सङ्गठन निर्माण गरिएको छ ।

बुधबार जिल्ला इन्चार्ज जमिनको अध्यक्षता भएको समीक्षा कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विजय थिए । गुञ्जनले सञ्चालन गरको कार्यक्रममा विवेक, सागर र इन्द्रले रिपोर्ट राखेका थिए ।
समिक्षा बैठक पछि फागुन १ गते जनयुद्ध दिवस, र सहिद सप्ताहको कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नको लागि अभियान टोलीलाई दुई टोलीमा विभाजन गरिएको छ । अबको अभियान दोरम्बा र सुनपतिमा केन्द्रीत हुने अभियान टोलीका एक सदस्यले बताएका छन् ।

२०७५ माघ १६ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :