सल्यानमा नेकपाको अभियान तीव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम ‘सङ्गठन सुढृढ तथा विस्तार अभिायन २’ अन्तरगत राप्ती ब्यरोमा पनि तीव्र रुपमा अगाडी बढाएको छ । राप्ती ब्युराको सल्यानको सत्रेश्वरी गाउँपालिका ४ स्थित लाम्ती बजारमा जनसभा सम्पन्न भएको छ ।

बुधबार भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चिरन पुनको प्रमुख आतिथ्यतामा नेकपा दैलेखका जिल्ला इन्चार्ज विवेकले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै विवेकले दलाल पुँजीवादी राज्यसत्ता असफल भएको बताउँदै जनवादी राज्यसत्ता गाउँ–शहरमा स्थापना भइसकेको र जनताको पक्षमा काम गर्दै आइरहेको बताएका छन् ।

कार्यक्रममा सल्यानको सचिवालय सदस्यहरु हेमन्त बुुढाथोकी र टागर उपस्थिति रहेका थिए । सत्रेश्वरी गाउँपालिकाका इन्चार्ज टोपबहादुर केसीको अध्यक्षतामा मोहन केसीले सञ्चालन गरेका थिए ।

२०७५ माघ १६ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :