मानवअधिकार उल्लंघनप्रति चिन्ता : भण्डारी

ekraj-bhandari
एकराज भण्डारी

काठमाडौं/जेठ २५, जनअधिकार सरोकार अभियान नेपालले नेपाल सरकारद्वारा मानव अधिकारको गम्भीर उल्लंघन भएकोप्रति चिन्ता व्यक्त गरेको छ । उसले सबै अधिकारकर्मी, राष्ट्रिय मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय संस्थाको ध्यान जानुपर्ने अपील गरेको छ । समस्याको अविलम्ब समाधान नभए त्यसले नेपालको सरकार, प्रजातन्त्र र विधिको शासनप्रति जनआक्रोश बढ्ने बताएको छ । त्यसप्रकारको अवस्थाले देशमा द्वन्द्व बढ्ने उसको जिकिर छ । मंगलबार अपरान्ह जारी सो संस्थाकाका अध्यक्ष तथा कानुनविद् एकराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – राजनीतिक विचार वा आस्थाकै आधारमा देशका विभिन्न जिल्लाबाट खासगरी बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, महोत्तरी, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, दाङ, सल्यान, धादिङ, नुवाकोट, सुनसरी, मोरङ, जुम्ला, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाहरुमा सरकारका सुरक्षाकर्मीबाट युद्धकालमा जस्तै राजनीतिक आस्थाका आधारमा बिनाकारण थुप्रै व्यक्तिहरुलाई पक्राउ गरी थुनामा राखी झूट्टा तथा बनावटी तथ्य बनाई केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ अन्तर्गत झूट्टा मुद्दा लगाई २५ दिनसम्म थुनामा राखी त्यस्ता मुद्दामा प्रमुख जिल्ला अधिकारीबाट धरौट आदेश गरी सो अनुसार सम्बन्धित व्यक्तिले धरौट रकम जम्मा गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयपरिसरबाटै प्रहरीद्वारा पुनः पक्राउ गरी केही समय बेपत्ता पारी पुनः सोही ऐन अन्तर्गतको झूट्टा मुद्दा लगाई थुनामा राख्ने गरेको र यस्तो अवस्थामा कानूनव्यवसायीलाई भेट्न र सल्लाह लिन नदिइएको सरकारको कार्यप्रति जनअधिकार अभियान नेपालको गम्भीररुपमा ध्यानाकर्षण भएको छ ।

amshindi

सरकारका उक्त कार्यहरुले मानवअधिकार तथा मौलिक हकको गम्भीर उल्लंघन भएको यस जनअधिकार अभियान नेपालको ठहर छ ।  नेपालमा विगत लामो समयदेखिको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक आधारमा वर्गीय, क्षेत्रीय, जातीय एवं लंैगिक उत्पीडन एवं विभेदको अन्त्यका लागि नेपाली जनताले चलाएको संघर्ष, क्रान्ति, युद्ध एवं जनआन्दोलनमा हजारौं नागरिकहरुले बेपत्ता हुनुप¥यो, ज्यान गुमाउनुप¥यो, अंगप्रत्यंग गुमाउनुप¥यो र घरबासविहीन हुनुपरेको यथार्थता हामी सामु ताजै छ । तर परिवर्तनका लागि जनताले भोगेका पीडा एवं जनचाहना र म्यान्डेटको सम्मान गर्नेतर्फ सरकार सञ्चालक राजनीतिक दलका नेतृत्वहरुको उदासीनता देखिदै आएको छ । बरु सरकारमा बस्नेहरु यथास्थितिमा रमाउने र युद्ध, आन्दोलन र क्रान्ति दबाउनेहरुलाई नै पुरस्कृत गर्दै आएका छन् । यसैगरी, पछिल्लो समयमा व्यक्तिका राजनीतिक विचार र आस्थामाथि समेत हस्तक्षेप गर्न र त्यसका लागि राज्यसत्ताको दुरुपयोग गर्न उद्यत देखिएका छन् । सरकारको यस किसिमको रबैयाबाट नागरिकहरुलाई जथाभावी पक्राउ गर्ने, गैरकानुनी थुनामा राख्ने कार्यहरुले थप प्रश्रय पाउन सक्ने र व्यक्ति बेपत्ता पार्ने जस्तो जघन्य अपराध हुने सम्भावना समेत पुनः देखापरेको छ ।

national-human-rights-commission-manav-adhikar-aayog

प्रत्येक नागरिकलाई वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै निजको विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने र नेपालको कुनै पनि भागमा आवतजावत गर्ने स्वतन्त्रता, राजनीतिक दल एवं संघ, संस्था खोल्ने स्वतन्त्रता समेतका स्वतन्त्रताहरुको हक संविधानद्वारा प्रदत्त मौलिक हकहरु हुन् । त्यसैगरी, तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत कुनै व्यक्ति सजायको भागी हुने छैन भनी व्यक्तिलाई न्यायसम्बन्धी हक समेत संविधानले प्रदान गरेको छ । यस्ता अधिकारहरु मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई आत्मसात् गर्दै नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अभिसन्धिद्वारा प्रदत्त व्यक्तिका आधारभूत अहरणीय नागरिक तथा राजनीतिक अधिकारहरु हुन् ।

कुनै पनि राजनीतिक विचार वा आस्था राख्न पाउने, कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध हुने र निर्वाचनमा सहभागी हुने वा नहुने व्यक्तिको वैयक्तिक स्वतन्त्रता भएको र आफ्ना जायज मागहरु सहित शान्तिपूर्ण विरोध गर्न पाउनु समेत नागरिकको मौलिक हक एवं नागरिक तथा राजनीतिक मानवअधिकार समेत भएकोले नागरिकको मौलिक हक, अधिकार र मानवअधिकारको प्रत्याभूति तथा सम्मान गर्न, राजनीतिक आस्था र विचारको आधारमा पक्राउ नगर्न, मुद्दा नलगाउन, थुनछेक नगर्न, यातना नदिन, थुनामा परेको व्यक्तिलाई कानून व्यवसायीसँग भेट र सल्लाह लिन दिन समेत जनअधिकार अभियान नेपाल नेपाल सरकार र सुरक्षानिकायको गम्भीर ध्यानाकर्षण गराउँछ । साथै, उल्लेखित आधारभूत मानवअधिकार तथा मौलिक हकसँग सम्बन्धित गम्भीर विषयप्रति राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ, संगठन तथा व्यक्तिहरु समेतको गम्भीर ध्यानाकर्षण गराउँछ ।
साथै, राजनीतिक विषयहरु वार्ता तथा राजनीतिक तवरबाटै समाधान गर्न पनि जनअधिकार अभियान नेपाल सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता भएको भन्दै राजनीतिक विचार वा आस्थाका आधारमा सरकारका सुरक्षाकर्मीले पक्राउ गरी हिरासतमा राखेका व्यक्तिहरुको विवरण

पक्राउ परेका व्यक्तिको नाम, थर लिङ्ग ठेगाना कैफियत
भीमप्रकाश पुन पुरुष भालुवाङ, दाङ भालुवाङबाट २०७४।०२।१७ गते पक्राउ गरी हाल लमही प्रहरी चौकीमा हिरासतमा
मानबहादुर बोगटी ” राप्तीपालिका
गंगापरस्पुर, राप्तीपारी, दाङ २०७४।०२।१६ गते पक्राउ गरी हाल हाल जिप्रका घोराहीमा हिरासतमा
भीमबहादुर विक ” घोराही, हापुर, दाङ जेठ ८ गते पक्राउ गरी हाल घोराही नगरप्रहरी कार्यालयमा हिरासतमा
हरि केसी ” ” ”
शंकर तामाङ, २८ ” साविक गेर्ख‘ गाविस हाल विदुर नगरपालिका–११, धादिङ वैशाख २३ गते नुवाकोट, विदुरचोकमा चिया पिउँदै गर्दा पक्राउ गरी धरौटी जम्मा गर्दा पनि पुनः पक्राउ गरी हाल धादिङ जिप्रकामा हिरासतमा
बुद्ध गुरुङ ” सिद्धलेक गाउँपालिका, नुवाकोट धादिङमा पक्राउ गरी धरौटी जम्मा गर्दा पनि पुनः पक्राउ गरी हाल नुवाकोट जिप्रकामा हिरासतमा
नवराज अधिकारी ” त्रिपुरासुन्दरी, नुवाकोट ” ”
राजकुमार गुरुङ ” सिद्धलेक गाउँपालिका, नुवाकोट ” ”
घन बहादुर घले ” ” ” ”
राज घले ” ” ” ”
मोहन घले ” ” ” ”
सूर्यबहादुर तामाङ ” बेनीघाट गाउँपालिका, नुवाकोट ” ”
सुन्दर तामाङ ” गजुरी गाउँपालिका, नुवाकोट ” ”
बेलबहादुर तामाङ ” ” ” ”
कण बहादुर घले ” सिद्धलेक गाउँपालिका, नुवाकोट ” ”
सन्देश पौडेल ” सिन्धुली रु. ५००० धरौटी माग गरेकोमा धरौटी राखेमा पुनः पक्राउ गर्ने भनी प्रहरीद्वारा भनिएको हुँदा सो डरले धरौटी नराख्दा हाल सिन्धुली कारगारमा
हरिकृष्ण घिमिरे ” ” ”
बोधराज घिमिरे ” ” ”
जगत विक ” खुर्काेट, सिन्धुली ”
धु्रव किराती, ५७ ” सिन्धुली कागेश्वरी
दुवाकोट डेरा, सिन्धुली २०७४।०१।२४ मा पक्राउ गरी हाल जगाती प्रहरी वृत्तमा हिरासतमा
जाहिर हुसेन ” धुनषा रु. ५००० धरौटी माग गरेकोमा धरौटी राखेमा पुनः पक्राउ गर्ने भनी प्रहरीद्वारा भनिएको हुँदा सो डरले धरौटी नराख्दा हाल धनुषा कारगारमा
प्रकाश ओली ” सुर्खेत रु. ५००० धरौटी माग गरेकोमा धरौटी राखेमा पुनः पक्राउ गर्ने भनी प्रहरीद्वारा भनिएको हुँदा सो डरले धरौटी नराख्दा हाल सुर्खेत कारगारमा
मोहन केसी, ३५ ” दार्मा गापा –१, सल्यान घरैबाट वैशाख २० गते पक्राउ गरी ५००० धरौटी लिई पुनः प्रहरी हिरासतमा राखी जिप्रकामा दैनिक हाजिरी गर्ने सर्तमा छोडिएको
सुकलाल बस्नेत ढारेचौर गापा, सल्यान ”
घनश्याम नेपाली ” शारदा नगरपालिका, सल्यान ”
टोपबहादुर डाँगी ” रोल्पा, सल्यान ”
गणेश पन्धाक लिम्बू ” मोरङ, मोरङ रु. १००० धरौटी माग गरेकोमा धरौटी राखेमा पुनः पक्राउ गर्ने भनी प्रहरीद्वारा भनिएको हुँदा सो डरले धरौटी नराख्दा हाल मोरङ कारगारमा
मौसम राई ” सखुवा, मोरङ हाल उर्लाबारी इलाका चौकीमा
उदय राई ” बेलबारी, सुनसरी २०७४।०१।२९ मा पक्राउ परी सिडीओले धरौटीमा छोड्नासाथै २०७४।०२।२२ गते पुन पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय, पकलीमा हिरासतमा
सुरज राई ” भोजपुर, सुनसरी ” ”
सुरेश राई ” धरान, सुनसरी ” ”
अमृता लिम्बू ” धरान, सुनसरी ” ”
खड्ग कुमारी राई महिला धरान, सुनसरी ” ” (तीन वर्षको बच्चा सहित)
मीना धामी महिला भरौल, सुनसरी ” ”
मोहन कार्की पुरुष इनरुवा, सुनसरी २०७४।०२।०१ गते पक्राउ गरी जिप्रका सुनसरीमा हिरासतमा ।
युवराज आचार्य, ३२ ” सर्लाही भक्तिपुर, हाल सूर्यविनायक डेरा, भक्तपुर २०७४।०१।२२ पक्राउ गरी ५०० धरौटी लिएर हाल ठिमी प्रहरी वृत्तमा हिरासतमा
जोवन तामाङ, ४५ ” सूर्यविनायक, काँक्राबारी, भक्तपुर २०७४।०१।२९ मा पक्राउ गरी हाल ठिमी प्रहरी वृत्तमा हिरासतमा
मिलन राई ” भोजपुर २०७४।०१।२४ मा पोखराबाट पक्राउ परी हिरासतबाट छोडी पुनः पक्राउ गरी कास्की जिप्रकामा हिरासतमा
शिव क्षेत्री ” पर्वत ” ”
प्रवल भण्डारी ” स्याङ्जा ” ”
दिलबहादुर तामाङ ” गोरखा ” ”
सुनिल कुमाल ” तनहुँ ” ”
राजकुमार सुनार ” पोखरा ” ”
३ जना पक्राउ परी धरौट तिरेर पनि पुनः पक्राउ तर हाल पर्वत जिप्रका हिरासतमा (नाम नखुलेको
म्याग्दी ४ जना पक्राउ परी धरौट तिरेर पनि पुनः पक्राउ भई हाल जिप्रका म्याग्दीमा हिरासतमा (नाम नखुलेको
तनहुँ २ जना पक्राउ परी तनहुँ जिप्रकामा हिरासतमा तर हाल नाम नखुलेको
रुकुम २३ जना पक्राउ गरेकोमा केहीलाई छोडिएको केही जिप्रका रुकुममा हिरासतमै रहेको
कमल विक पुरुष सात्तला, दैलेख वैशाख १९ गते पक्राउ गरी रु. ५००० धरौटी लिएर जेठ १२ गते पुनः पक्राउ परी हाल दैलेख जिप्रकामा हिरासतमा
गोविन्द विक ” ” ”
भूपेन्द्र विक ” ” ”
नगेन्द्रबहादुर सिजापति ” दैलेख, तिलेपाटा ”
प्रेमबहादुर विक ” रासकोट, कालीकोट ”
पान बहादुर लामा, ३६ पुरुष धनुषा सुतिरहेको अवस्थामा इलाका प्रहरी गौरीडाँडाले पक्राउ गरी हाल जलेश्वरको जिल्ला प्रहरीमा हिरासतमा
इब्राहम आरम कवाडी, अं ६० पुरुष धनुषा, पदष ” ”
निज विरामी भई जनकपुर अंचल अस्पतालमा उपचार समेत गराएको
मिथिला चौहान, ४५ महिला ”

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :