रामेछापमा बस दुर्घटना १ जनाको मृत्यु, १७ घाइते

रामेछाप : रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते भएका १७ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ भने गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याउँदै गरेको समाचार प्राप्त भएको छ ।

घाइते हुनेहरुमा रामेछाप जिल्लाका निरोज भुजेल, गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल, ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिनामाया माझी, अर्जुन तामाङ बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारु लगायत १७ जना रहेका छन् ।

घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा४ख४२१० नम्बर अरनिको यातायातको सुपर बस ब्रेक फेलभई दुर्घटना जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासी ब्रेक फेलभएपछि चालकले दुर्घटना हुनबाट जोगाउँन सडकको भित्तातिरको गल्छीमा बस उकालेका बेला दुर्घटना  भएकाे हाे ।

२०७५ माघ ६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :