हाईटेन्सनको लाइन निर्माण कार्य नरोके नेकपाले कार्यवाही गर्ने चेतावनी

काठमाडौं : भोजपुर र संखुवासभामा पर्ने अरुण–३ परियोजनाले हाईटेन्सन लाइन निर्माण गरिरहेको अवस्थामा त्यस क्रममा पर्यावरणमा क्षति पुर्याउने, वनबिनास गर्ने तथा कटारीजस्ता घनावस्ती र शहर हुँदै जाँदा लाखौं जनता विस्थापित हुने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने भएकोले सो निर्माण कार्य बन्द गर्न नेकपाले विरोध गरेको छ । दलाल नेता र नीति निर्माण गरि भारतीय साम्राज्यवादलाई पोस्ने कार्य बन्द गर्न र राष्ट्रघाती, जनघाती कार्यमा संलग्न नहुँन सम्बन्धीत सबैलाई अनुरोध गरेको छ भने केही समय अगाडि स्थानीय वासिन्दाहरुले पनि परियोजना तथा हाईटेन्सन लाइन निर्माण कार्यले ठूलो धनमालको क्षति नहुन दिनकोलागि प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको थियो । विज्ञप्तिको पूर्णपाठ …. २०७५ माघ ६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :