जनविरोधीलाई जनताको बीचमा कारबाही गर्छौँ :  सन्देश

  

अर्घाखाँची  : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देशले नेपालमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी गुल्मी अर्घाखाँचीले मालारानी गाँउपालिका वडा न ३ मा संयुक्त रुपमा आयोजना गरेको सङ्गठन सुढृण तथा विस्तार अभियानको उद्घाटन गदै उनले संसदीय व्यवस्था नेपालमा हुने खाने पुँजीपति, सत्ताधारी, कठपुतली, दलाल, नाइकेको हातमा रहेकोले गरिब जनता र सर्वहारा वर्गको पक्षमा काम नगरेको आरोप लगाए ।

विप्लव नेतृत्वको नेकपा पुँजीपति दलालहरुको सत्तालाई खारेज गर्नका लागि र जनताको वैज्ञानिक सत्ता ल्याउनको लागि अन्तिम सङ्घर्ष गर्ने त्यसका लागि एकचोटी निर्णायक लडाई लड्न आग्रह गरे ।

नेपालमा २०५२ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनयुद्धको सुरुवात गर्दा नेपालमा परिवर्तनको लागि त्याग र बलिदान नगरेको गाँउ नभएको मान्छे नभएको भन्दै त्यो त्याग र बलिदानलाई आत्मसर्मपण गरी झापा आन्दोलनबाट भागेको केपी ओलीसँग प्रचण्ड–बाबुरामले साँठगाठ गर्दा जनताको त्याग र बलिदानको औचित्य हराएको भन्दै नेपालमा १७ हजार सहिदको रगत खेर जान नदिनको लागि मुलुकमा क्रान्तिको विकल्प नरहेको बताए ।

एक फरक प्रसँगमा बोल्दै नेता सन्देशले नेतृत्व गर्ने शासकको कारणले नेपाल कङ्गाल भएको आरोप लगाए । चुनावको बेलामा सिंहदरबारको अधिकार गाउँगाउँमा जनतालाई शिक्षा स्वास्थ्य रोजगारी ग्यारेन्टी गरी एक घर एक रोजगारीको नारा दिएर जनतामाथि ब्रमहलुट मच्चाई चिल्ला कार चिल्ला गाडीमा हिड्ने शासकको जुनसुकै बेलामा जनताको राय सल्लाहको आधारमा जस्तोसुकै कारबाही हुने र त्यो कारबाही स्यालले कुखुरा चोरे जस्तो नभएर जनताको बीचमा गरिने उनको भनाई छ ।

जनताको करबाट संकलन भएको पैसाले मोजमस्ती गर्ने लोकमानसिंह कार्की, गोपाल खड्का, चुरामणी खड्कालाई कारबाही गरेको स्मरण गराउदै जनता विरुद्ध काम गर्नेलाई जोेसुकै पनि कारबाही हुने उनको चेतावनी छ ।  शासकहरुले संघीयताको आडमा बृद्धाभत्ता समेत कागजमा मिलाएर खाने कृषि पशुपालन दलित जनजाति र विकास निर्माणको नाममा आएको रकममा विचौलियाको चलखेल भएको दाबी गदै त्यस्तालाई कारबाही हुने उनले बताए ।

कार्यक्रममा लुम्बिनी व्युरो सदस्य सामना, गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह लगायतले नेपालमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने भन्दै एकीकृत जनक्रान्तिको पक्षमा लामबद्ध हुन सबैलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला जनसरकार प्रमुख पिताम्बर पोखरेल, गुल्मी जनसरकार प्रमुख प्रशान्त बराल, क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा करिब २ सय जनाको सहभागिता थियो । लुम्बिनी व्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज कमल केसीकोे अध्यक्षता लुम्बिनी व्युरो सदस्य सुनिल चौधरीको स्वागत मन्तब्य गुल्मी जिल्ला सेक्रेटरी खेम खड्का सञ्चालनमा सम्पन्न भएको अभियान दुई महिना चल्ने बताइएको छ ।

२०७५ माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :