भ्रमपूर्ण समाचारको खण्डन

काठमाडौँ  :  एक अनलाइनले नेपाल कम्युनिस्ट पार्टीका बारेमा भ्रमपूर्ण समाचार प्रसारण गरेको प्रति उक्त पार्टीका कार्यालय सचिव ध्रुवले खण्डन गरेका छन् ।
पुस ३० गते रातो पाटी अनलाइनले ‘प्रकाण्डलाई विप्लवको प्रश्न— बाबुराम भट्टराईको सहयोग किन लिएको ?’ भन्ने शीर्षकमा छापिएको समाचारको खण्डन गर्दै उनले भनेका छन्, ‘यी सबै समाचारहरू गलत हुन् । यसबारेमा कुनै सन्दर्भ नै उठेको छैन । मुख्य बनाएर छापिएको उक्त समाचारमा तीनजना केन्द्रीय सदस्यलाई निष्कासन गरिएको झूटो समाचार पनि दिइएको छ ।’
ध्रुवले तीनजना केन्द्रीय सदस्यहरू कोही स्वास्थ्यका कारण र कोही तल्लो तहमा रहेर काम गर्न चाहेकाले उहाँहरूकै मागअनुसार जिम्मेवारी हेरफेर गरिएको बताएका छन् ।
एउटा क्रान्तिकारीलाई बदनाम गराउन र प्रतिक्रियावादीहरूलाई सहयोग पु¥याउन कहिले पार्टीभित्र अन्तर्विरोध रहेको त कहिले के भनेर जनतामा भ्रम पार्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई सचेत तुल्याइएको छ ।

२०७५ माघ २ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :