खाडीमा रुस–अमेरिका तनाव

एजेन्सी/जेठ २३, qatar-mapरुस र अमेरिकी तानातानको गम्भीर प्रभाव सोमबारदेखि खाडीको सानो तर शक्तिशाली मुलुक कतारमा परेको छ । आफ्नो देशको भन्दा चार गुणा बढी जनसंख्यालाई रोजगार दिएको तीव्र आर्थिक प्रगति गरिरहेको मुस्लिम समुदाय बहुल देश हो । सोमबार ‘आतंकवादलाई सहयोग गरेको र अरब क्षेत्रको शान्तिमा समस्या ल्याएको’ आरोपमा खाडीका ६ वटा देशहरुले कतारसँग सम्बन्ध बिच्छेद गरेका छन् । अब उनीहरुले कतारमाथि आर्थिक नाकाबन्दी घोषणा गर्ने सम्भावना देखिन्छ । त्यसो गर्नेमा अमेरिका निकट मानिएका साउदी अरबिया, बहराइन, सयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्ट छन् । उनीहरुले जल, थल हवाई सम्पर्क विच्छेद गरेका छन् । यो घटनाले कतारसहित खाडीको अर्थतन्त्रकमा समस्या आउने देखिन्छ । कतारले भने ‘कतारलाई परनिर्भर बनाउने षड्यन्त्रका विरुद्ध पर्ने सबै उपाय अबलम्बन गर्ने’ बताएको छ । ‘आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षड्यन्त्र’ कतार सरकारका प्रवक्ताले छिमिकीको कदमलाई आरोप लगाएका छन् । अमेरिकी गठबन्धनमा रहेको साउदी अरेबियाको नेतृत्वमा यी हर्कतहरु भएको दखिन्छ । कतारले प्यालेस्टाइनी नेता तथा हमासका पूर्व प्रमुख खालिद मेसाललाई शरण दिएकोमा अमेरिकासहित खाडीका ती देशहरु असन्तुष्ट छन् । सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक कतारसँगको तनावपछि सो विषय पनि अन्यौलमा परेको छ । कतारको चर्चित टेलिभिजन अलजजीराको पश्चिमी शक्ति विरोधी भूमिका र उसको बढ्दो लोकप्रियताका कारण पनि अमेरिकी गठबन्धन चिढिएको छ । यो घटनाले कतार अझ बढी इरान, सिरिया, टर्की हुँदै रुसी गठबन्धमा नजिकिने देखिन्छ । त्यसैले यो तनावलाई खाडी क्षेत्रमा अमेरिका–रुस तनावकै रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :