अग्रगामी विकल्पको तयारी गरौँ – गजुरेल

  काठमाडौँ :  देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले केपी वली – पुष्पकमल दाहाल गठबन्धन सरकारले जनताको समस्या समाधान नगर्ने भएकाले सम्पुर्ण अग्रगामी शक्तिहरु मिलेर अग्रगामी विकल्प दिने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा साेमबार काठमाडाैँमा आयोजित अन्र्तक्रिया कार्यक्रमा कार्यपत्र पेस गर्दै अध्यक्ष गजुरेलले सरकार गठन भएपश्चात जनताको उपभोग्य वस्तुमा महँगी बढाउँने काम गरेको, चुरेको विनाशमा लागेको, बलत्कार दिनप्रतिदिन बढिरहेको, शिक्षा र स्वाथ्य क्षेत्रलाई व्यपारीकरण र माफियाकरण गरेको दाबि गरेका छन् ।

उनले वाइडबडी विमान खरिदमा भएको ४ अरब ३५ करोड ५६ लाख भ्रष्टचारलाई लुकाउँने खेल गरेको, सरकार नै धर्मप्रचारमा लागेको, यही सरकारको पालामा असमानसन्धी–सम्झौता गरेको, राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको र भारतले नेपालको ७४ ठाउँमा सिमा मिचेको जसकाकारण १० हजार १९ वर्गकिलो मिटर हराएको भन्दै कार्यपत्र पेस गरेका थिए ।

गजुरेलले सरकार जनताका समस्या समाधान गर्नुको अलवा फाँसीवादी शैलीमा अगाडि बढेको भन्दै ओली सरकारले “सम्बृद्ध नेपाल सुखी नेपाली”को गुलियो नाराले नेपाली जनतालाई मज्जासँग झुक्याएको बताएका छन् ।


उक्त कार्यक्रममा बोल्दै बुद्धिनारायण श्रेष्ठले राष्ट्रियताको विषमया सरकार कमजोर भएको र भारतले ६ सय ६ वर्गकिलो मिटर भूभाग मिच्दासमेत सरकार चुप लागेर बसेको आरोप लगाएका छन् । सोही कार्यक्रममा डा. सुरेन्द्र केसीले कार्यपत्रमाथि आफ्नो धारणा राखेका थिए ।

२०७५ पुस ३० गते साेमबार प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :