धादिङमा दुर्घटनामा परि चौधरीको मृत्यु, ३० जना घाइते

धादिङ : आइतबार बिहान धादिङम भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट बर्दिया जाँदैगरेको बस बेनीघाट रोराङ ९ हुग्दीपुल नजिकै बिहान दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
दुर्घटनामा बर्दियाका १८ वर्षीय नरेन्द्र थारुचौधरीको मृत्यु भएको छ । उपचारकोलागि चितवन लैजाँदा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस घुम्ती सडकमै पल्टिएर दुर्घटना भएको हो ।
स्थानीयवासी र प्रहरीले घाइतेको उद्धारगरी राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

२०७५ पुस २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :