पहिलोपटक गाउँ पुगेका गाडीका चालक नै नेकपामा प्रवेश, सामना परिवारको कार्यक्रममा हजारौँ सहभागी

काठमाडौँ : सामना परिवारले अछाम सदरमुकाम मङ्गलसेनलगायत चार स्थानमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामनाले आयोजना गरेको कार्यक्रममा १२ हजार जनताको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ ।
पछिल्लोपटक रामारोशनमा बस पुगेको खुसीयालीमा जनताले भव्य स्वागत गरेका छन् ।
कार्यक्रमका अवसरमा सहिद परिवारले पार्टीका नेता, कार्यकर्तालगायत सामना सांस्कृतिक परिवारका सदस्यलाई फूलमाला लगाएर स्वागत गरेका थिए । नेकपा अछामले सहिद परिवारलाई दोसल्लासहित सम्मान गरेको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राप्ती प्रमुख अतिथि थिए । अन्य अतिथिमा डबल शाह, जिल्ला इन्चार्ज दर्शन, डोटी जिल्ला इन्चार्ज शेरबहादुर देउवा, दार्चुला जिल्ला इन्चार्ज जीवन, अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय उपाध्यक्ष अनुकूल, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) पश्चिम कमान्ड इन्चार्ज काली शाही, अनेमसङ्घ (क्रान्तिकारी) केन्द्रीय सदस्य पवित्रा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य झलक विक, जनकलाकार पर्वत रहेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।
कार्यक्रमको अध्यक्षता पार्टी सेक्रेटरी केबी र सञ्चालन आरोहले गरेका थिए । पहिलोपटक गाउँमा पुगेको बसका चालक सहदेव सिंह रामारोशन मुजाबगरको कार्यक्रममा पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला जनपरिषद् प्रमुख निरक शाहीले राखेका थिए ।
२०७५  पुस २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :