स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कारबाही

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी प्युठानले स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई कालोमोसो लगाएको छ । आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाइएको छ । यस्तै संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारबाही स्वरुप कालोमोसो दलेको बताइएको छ । मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरीक प्रेस विज्ञप्तिमा रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ ।

२०७५ पुस २४ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :