अछाममा नेकपाको विशाल जनसभा

 

काठमाडौँ :   नेपाल कम्युनिस्ट पार्टी अछामको सदुरमुकाम मगल्सैनमा बृहत् सामना सास्कृतिक परिवारको सास्कृतिक प्रस्तुति तथा जनसभा कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका सेती व्युरो कार्यलय सचिव तथा व्युरो सदस्य डवल शाह प्रमुख, डोटि जिल्ला इन्चार्ज शेरबहादुर देउवा , अछाम जिल्ला इन्चार्ज कमरेड शेरबहादुर विश्वकर्मा (दर्शन),दार्चुला जिल्ला इन्चार्ज रमेश नेपाली, अखिल नेपाल टेड्र महासङ्घका केन्द्रीय उपाध्यक्ष कमरेड अनुकुल, अखिल नेपाल किसान सङ्रघ क्रान्तिकारी पश्चिम कमान्ड इन्चार्ज काली शाही, सामना परिवार सरल माझी अखिल (क्रान्तिकारी) बाके जिल्ला सचिव डिबि शाही र अछामका प्रथम सहिद टन्क बोगटीका छोरा युवराज बोगटीले आतिथ्यता गरेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथि डबल शाह लगायत नेताहरुले केपी वली–प्रचण्ड नेतृत्वको कथित वाम सरकारको विरोध गर्दै यो सरकारको विकल्पमा जनताको जनसरकार देशव्यापी रुपमा अगाडी बढिरहेको बताएका छन् । अछाम जिल्ला सेक्रेटरी केबिको अध्यक्षता, आरोही नेपालीको सञ्चालनमा स्वागत मन्तव्य लोकेन्द्र शाहीले गरेका थिए ।

२०७५ पुस २२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :