ललितपुरमा किसान महासङ्घ (क्रान्तिकारी) र उद्योग वाणिज्य महासङ्घको जिल्ला भेला सम्पन्न

 

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) र उद्योग वाणिज्य महासङ्घ ललितपुर जिल्लाको संयुक्त जिल्ला भेला सम्पन्न भएको छ । मुकुन्द सुवेदीको अध्यक्षतामा सम्पन्न भेलामा अखिल नेपाल किसान महासङ्घका संयोजक राजु कार्कीकोे प्रमुख आतिथ्य र नेकपाका ललितपुर सेक्रेटरी विपीनको विशेष अथित्य थियो । शनिबार सम्पन्न भेलाले नवराज सञ्जेलको संयोजकत्वमा १७ सदस्यीय अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ललितपुर जिल्ला समिति गठन गरेको छ भने कमला घोरासैनीको अध्यक्षतामा ९ सदस्यीय उद्योग वाणिज्य महासङ्घ जिल्ला समिति गठन गरेको छ ।
अखिल नेपाल किसान (क्रान्तिकारी) का संयोजक राजु कार्कीले किसान आन्दोलनका सम्बन्धमा राजनीतिक प्रशिक्षण दिएका थिए । ललितपुर जिल्लाका जिल्ला जनपरिषद्का … ध्रुव अधिकारीले शुभकामना मतव्य दिएका थिए ।

उक्त भेलाले चयन गरेका पदाधिकारी र सदस्यमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का संयोजक नवराज सञ्जेल, सदस्यमा सोनाम मुताङ, श्याम राई, राजन घिमिरे, विगम शाही, दिनेश गौतम, गीता बज्रागाईं, रामबहादुर श्रेष्ठ, अर्जुन श्रेष्ठ, धु्रव घिमिरे, शिव सञ्जेल, विष्णुप्रसाद ढकाल र राम वि.क. छन् भने २ सदस्य थप्ने निर्ण भएको छ ।
त्यस्तै ललितपुर जिल्ला उद्योग वाणिज्य महासङ्घमा अध्यक्ष कमला घोरसाइनी, उपाध्यक्ष चिनु तिमल्सेना, उपाध्यक्ष कविन्द्र उदास, सचिव सीता घिमिरे, कोषाध्यक्ष गणेश हमाल र सदस्यमा गङ्गा महत, सरस्वती अधिकारी, विष्णु तिवारी, अप्सरा चौलागाईं गरी नौ सदस्य रहेका छन् ।
निर्वाचित समितिका सदस्यहरुलाई ललितपुर जिल्ला सचिवालय सदस्य सावित्री अधिकारीले बधाई तथा शुभकामना र राजन लामाले स्वागत मतव्य राखेका थिए । दिएकी थिइन् भने अध्यक्ष मुकुन्द सुवेदीले कार्यक्रम समापन गरेका थिए । भेलाका अतिथिमा कुमाल, प्रकाश, अनु, राजकुमार, महेश, हरेराम, हरि, चन्द्र तामां र कमल केसी, टीका घिमिरे थिए ।

२०७५ पुस १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :