जग्गा फिर्ता गर्न ताम्सालिङ स्वायत्त प्रदेशको चेतावनी

काठमाडौँ : ताम्सालिङ स्वायत्त प्रदेशले काभ्रेको रोसी गाउँपालिका ८ स्थित नार्के निवासी तर्कबहादुर तामाङको २० रोपनी जग्गा दृष्टिबन्धकी भनी रोसी गाउँपालिका ९ स्थित मङ्गलटार निवासी बहादुरसिंह तामाङले राजीनामा पास गरी लिएको पाइएकाले १५ दिनभित्र फिर्ता गर्न चेतावनी दिएको छ ।उक्त जग्गा पीडित तर्कबहादुर तामाङलाई समयसीमाभित्रै फिर्ता दिन अन्तिम चेतावनी दिँदै बहादुरसिंंह तामाङको घरमा पुर्जी टाँसिएको ताम्सालिङ स्वायत्त प्रदेशका नाममा शनिबार जारी म्यादमा जनाइएको छ ।

२०७५ पुस १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :