एयरपोर्टमा मजदुर सङ्घ गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत सङ्गठन अखिल नेपाल क्रान्तिकारी पर्यटन तथा एयरपोर्ट मजदुर सङ्घ अन्तर्राष्ट्रिय विमान स्थल एकाइ समिति गठन भएको छ । बिहीबार भएको एकाइ भेलाले कृष्ण गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
भेलामा अखिल नेपाल क्रान्तिकारी पर्यटन तथा एयरपोर्ट मजदुर सङ्घका केन्द्रीय संयोजक, होटल तथा रेस्टुराँ मजदुर सङ्घका उपाध्यक्ष ईश्वर क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

 

२०७५ पुस १३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :