बुद्धिजीवीहरू आन्दोलनका पक्षमा

 

विराटनगर : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले विराटनगरमा नेपाली जनताको चाहना र देशको वर्तमान अवस्थाविषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा वाम बुद्धिजीवीहरू लव प्रधान, बलराम पोखरेल, वासुदेव राजवंशी, राष्ट्रिय मानवअधिकार आयोगका चिरञ्जीवी कोइराला, सोम थापा, र विवेकशील पार्टीका अमरेश कर्णले मन्तव्य राखेका थिए ।

अवधारणापत्रमा टिप्पणी गर्दै अधिवक्ता हरि फुयालले जनताका लागि थप कार्यक्रम आवश्यक भएको बताए । त्यस्तै कविता बस्नेत, डा. तीर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपाने, आकाश शर्मा, खगेन्द्र भण्डारीलगायतले वर्तमान दलाल संसदीय व्यवस्थाबाट जनताको आवश्यकता सम्बोधन हुन नसक्ने भएकाले सचेत नागरिकहरु एक जुट भएर आन्दालेन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।

विक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवधारणापत्र अध्यक्ष थापाले आफैँले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सुनिल श्रेष्ठ र स्वागत मन्तव्य प्रकाश अधिकारीले राखेका थिए ।

२०७५ पुस १३ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :