कर्मचारी समायोजन प्रकृया अवज्ञा गर्न कर्मचारी सङ्गठनको आह्वान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय निजामति कर्मचारी सङ्गठनले कर्मचारी समायोजन प्रकृया अवज्ञा गर्न सबै कर्मचारीलाई आह्वान गरेको छ । अध्यक्ष टोपबहादुर बानियाँ र महासचिव अमर बहादुर ओलीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै यथास्थितिमा समायोजन प्रकृयामा सहभागी नहुन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएकाे छ,´यथास्थितिमा कर्मचारी समायोजन अध्यादेश-२०७५ मा भएका विभेदकारी प्रावधानहरू नहटाईकन समायाेजनकाे सूचना प्रकाशन भएकाले उक्त सूचनाकाे अबज्ञा गरि समायाेजन अनलाईन फारम नभर्न नभराउन सम्बन्धित सबैमा अनुराेध गर्दछाैं ।´

२०७५ पुस १२ गते बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :