भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने मजदुरको निर्णय

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई तीव्रता दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली जारी भएयता अनौपचारिक क्षेत्र श्रमिकहरुलाई थप अन्याय हुनपुगेको र मजदुरहरुको भावनामाथि सस्तो रुपमा कथित कम्युनिस्ट सरकारले खेलबाड गरेको ठहर गरी चरम भ्रष्टाचार र अपारदर्शिताको भण्डाफोर गर्दै यही पुस २१ गते प्रदर्शन गर्ने निर्णय भएको महासङ्घले जनाएको छ । महासंघले १२६ औं माओ जयन्ती मनाउने तयारी गरेको जानकारी पनि प्राप्त भएको छ ।

यसैबीच अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी सङ्घ काठमाडौँ जिल्ला समितिको पुस ६ गते पहिलो बैठक सम्पन्न भएको छ । साधारण शाखा सेक्रेटरी प्रमुख अतिथि रहेको बैठकले विशेष संघर्षको घोषणालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएके छ । अतिथि नारन तोलाङ्गीले यस विेषयमा मन्तव्य दिएका थिए । घटक सङ्घका काठमाडौं जिल्ला अध्यक्षले सञ्चालन गरेको बैठकले महत्वपूर्ण निर्णय लिएको जनाइएको छ ।

महासङ्घले पुस ७ गते मजदुर साधारण शाखा सेक्रेटरी शिशिर थापाको प्रमुख आतिथ्य, अनेक्रा ट्रेड युनियन महासङ्घ काठमाडौँ जिल्ला समिति अध्यक्ष नारन तोलांगी र दीपेन्द्र घिमिरेको आतिथ्यमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ काठमाडौँ जिल्ला समितिको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले संगठन विस्तार र सदस्यता वितरण गर्ने निर्णय गरेको जनाइएको छ । बैठक सञ्चालन अध्यक्ष अर्जुन लामिछानेले गरेका थिए । प्रमुख अतिथि र अतिथिहरूले यातयात मजदुरहरूले निर्वाह गर्नुपर्ने महत्वपूर्ण भूमिकाका सम्बन्धमा निर्देशन दिएका थिए । यसअघि पाँच गते अखिल नेपा क्रान्तिकारी संघसंस्था श्रमिक सङ्घ शाखाको पहिलो बैठकले सचिवालयहरूलाई सेल निर्माणमा जोड दिएको छ । प्रमुख अतिथि शिशिरले प्रशिक्षण दिएको जानकारी बैठकका अध्यक्ष तथा सङ्घका शाखा इन्चार्ज ईश्वरले रातो खबरलाई दिए ।

सङ्गठन विस्तारकै क्रममा संघसंस्था श्रमिक संघले पुस १० गते शाखा सचिवालय सदस्य हरि रामदमलाई सेक्रेटरीमा चयन गर्दै ५ सदस्यीय एकाइ समिति निर्माण गरेको समाचार प्राप्त भएको छ ।

२०७५ पुस ११ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :