आज देशभरि माओ दिवस मनाइँदै

काठमाडौँ : चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक माओ त्सेतुङको १२६ औँ जन्मदिवस नेपालसहित विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । डिसेम्बर २६ अर्थात् पुस ११ गते आजकै दिन विश्वभरिका कम्युनिस्टहरूले माओलाई आदर्श व्यक्ति मान्दै विभिन्न कार्यक्रम गर्दै सम्झने गर्दछन् । यता नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । माओ दिवस मनाउन नेकपा निकट जनवर्गीय सङ्गठन र मोर्चाहरूले देशव्यापी कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिएका छन् । माओ दिवसका अवसरमा नेकपाले देशका मुख्यमुख्य सहरहरूमा सभा, गोष्ठी, अन्तरक्रियालगायत कार्यक्रमहरू गर्दैछ ।

२०७५ पुस ११ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :