अखिल (क्रान्तिकारी) मा सङ्गठित हुनु भनेको स्वतन्त्रताको लागि लड्नु हो : नेता दिपेश

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले ‘कम्युनिस्ट विद्यार्थी अभियान २०७५’ उद्घाटन गरेको छ । आइतबार सगरमाथा ब्युरो अन्तर्गतको उदयपुर जिल्लाको त्रिपुरा जनता बहुमुखी क्याम्पस गाइघाटमा उद्घाटन भएको सङ्गठनले जनाएको छ ।

दुर्गाबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रमको नेकपाका केन्द्रीय सदस्य एवं सगरमाथा ब्युरो इन्चार्ज दिपेशको प्रमुख अथिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि दिपेशले अखिल (क्रान्तिकारी) मा सङ्गठित हुनु भनेको स्वतन्त्रताको लागि लड्नु हो भन्दै विद्यार्थीको काँधमा सिंगो राष्ट्र अडेको बताएका छन् । उनले हाम्रो मुलुक कता जान्छ भन्ने कुरा राज्यले प्रदान गरेको शिक्षा प्रणालीमा निर्भर हने बताए । अहिलेको दलाल शिक्षा प्रणालीबाट हामी विद्यार्थीको भविष्य बर्बाद भइरहेको बताउदै यसको अन्त्य गर्न सबै सचेत विद्यार्थी वर्ग लड्नुपर्ने बताए । त्यसैगरी एउटै राज्यबाट दुई खालको शिक्षा प्रदान गरेर राज्यले जनताको छोरा छोरी माथि विभेद गरेको समेत उनले बताए ।

कार्यक्रमका अध्यक्ष तथा सगरमाथा क्षेत्रीय समन्वय समितिका संयोजक दुर्गाबहादुर लामाले अहिलेको अवस्थामा नेपालमा कथित कम्युनिस्टको नाममा सरकार रहेता पनि आम नेपाली जनताले र विद्यार्थी वर्गले चरम रुपमा राज्य आतंक भोग्नु परेको बताएका छन् ।

२०७५ पुस ८ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :