एक सय २६ औं माओ दिवस नेपाल सहित विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडाैं : चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको १२६ औं दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै सम्झने गर्दछन् । यता नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईैछ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको सो पार्टीले जनाएको छ । सो पार्टी निकट जनवर्गिय संगठन र मोर्चाहरुले पनि पुस ११ गते (२६ डिसेम्बर) मा विभिन्न खालका कार्यक्रमहरु आयोजना गरिएको जनाएका छन् ।
             विश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण गरिएको छ । औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्यदिशा प्रतिपादन गर्न र सफल कार्यान्वयन गर्न, साम्राज्यवादको व्याख्या रुसी कम्युनिस्ट नेता महान् लेनिनले गरे । अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ लेनिनको धारणा थियो । लेनिनको त्यो अभिभारालाई चिनमा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओले पूरा गरे । लेनिनले एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति सम्भव हुने तर क्रान्ति निरन्तर जारी राख्नुपर्ने विचार अघि सारेका थिए ।
             माओकै समयमा सोभियत सङ्घमा प्रतिक्रान्ति भयो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थाल्यो । रुस र आफ्नै पार्टीको दक्षिणपन्थी हावाका विरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए । त्यसले चीनलाई एउटा शक्तिशाली देश बनाउनुका साथै सर्वहारा वर्गलाई बलियो हतियार दियो । उनै महान ब्यक्ति माओलाई विश्वभरीनै कम्युनिस्ट विचारक र आस्थाकोरुपमा मनाउने गरिन्छ । माओ जन्म सन् १८९३ डिसेम्वर २६ का दिन चिनके साअाेसानमा भएकाे थियाे भने मृत्यु सन १९७६ सेप्टेम्बर ९ मा  चिनकै बेइजिङमा भएकाे थियाे ।
२०७५ पुस ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :