एकीकृत जनक्रान्तिको मोडेलले विश्वसमुदायकै नेतृत्व गर्नेछ – प्रकाण्ड

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले तयार पारेको एकीकृत जनक्रान्तिको मोडेलले विश्वसमुदायकै नेतृत्व गर्ने बताएका छन् । बिहीबार विरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रवक्ता प्रकाण्डले क्रान्ति र परिवर्तनवाट आफुहरु पछि नहट्ने बताउदै जनताको मतबाट नेता बनेकाहरुले जनताको सेवा गर्नुको अलावा साम्राज्यवादीहरुको रक्षा गर्ने तर्फ लागेको बताए । प्रकाण्डले निकै सुझबुझ गरेर आफुहरुले पार्टी निर्माण गरेको बताए ।

कार्यक्रममा प्रकाण्डले सत्ताको नेतृत्वमा रहेका नेताहरुनै सबै भन्दा बढी अराजकर्ता र भ्रष्टाचारतिर अग्रसर भएको बताए ।

शासकहरुको पुरानो तरिका र पुरानो कोर्षले देश नचल्ने बताउदै प्रवक्ता प्रकाण्डले भने–‘देशलाई नयाँ तरिकाबाट संचालन गर्नका लागि नयाँ राजनैतिक कोर्षको थालनि गर्नुपर्ने बेला भई सकेको छ, नयाँ राजनैतिक कोर्षको थालनी गर्ने तरिका हाम्रो पार्टीसँग मात्र छ ।’

२०७५ पुस ६ गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :